२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आँखुखोला र त्रिशुली नदिमा बेपत्ता २ युवाको शव फेला प¥यो, ३ जना अझै वेपत्ता

आँखुखोला र त्रिशुली नदिमा बेपत्ता २ युवाको शव फेला प¥यो, ३ जना अझै वेपत्ता
सेयर गर्नुहोस्
०सेयर

सुमन श्रेष्ठको शव भेटिएको स्थान । तस्विर : रमेश कुमालको फेसबुकबाट ।

गत बुधबार आँखुखोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका फुटबल खेलाडी सुमन श्रेष्ठको शव शुक्रबार ३ बजे फेला परेको छ ।

बेपत्ता भएको स्थानबाट २ सय मिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

यस्तै मंगलबार त्रिशुली नदिबाट हराईरहेका रामबहादुर विसुन्केको पनि शव फेला परेको छ ।

२८ वर्षिय विसुन्केको शव ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा शुक्रबार विहान ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बुढिगण्डकी नदिबाट हराईरहेका ३ जना युवा भने अझै फेला परेको छैन ।

धादिङमा २ दिनको विचमा ५ जनालाई खोलाले बेपत्ता बनायो

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।