धादिङका थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाभित्र ८६ र जिल्ला बाहिर १२ जनाका संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठमा ६०, धुनिबेसिमा ५, गल्छीमा ३, गजुरीमा २, सिद्धलेकमा ३, त्रिपुरासुन्दरीमा १, थाक्रेमा ७, रुबिभ्यालिमा ५ जना रहेका छन् । योसँगै धादिङमा जिल्ला भित्र ९४० र जिल्ला बाहिर १५४ जना गरि कुल संक्रमित १०९४ पुगेको छ ।

संक्रमितहरु जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २५, संस्थागत आइसोलेसनमा २८ र होम आइसोलेसनमा ८८७ रहेका छन् । त्यसैगरि जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा ३४ र होम आइसोलेसनमा १२० रहेका छन् ।

यस्तै शुक्रबार २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा रुबिभ्यालि गाउपालिकाका ५७ बर्षीय पुरुष र बेनिघाटरोराङ गाउपालिाकाका २६ बर्षीय महिला रहेका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ ।

यस्तै शुक्रबार २६० जना कोरोना संक्रमणमुक्त भएका छन् । बेनिघाटमा १७, त्रिपुरासुन्दरीमा २६, सिद्धलेकमा २५, रुबिभ्यालिमा ४६ गरेर ११४ स्वाब संकलन भएको छ । १०२ एनटीजेन परिक्षण गर्दा २० जना पोजिटिभ आएको छ ।

यस्तै गएको २४ घण्टामा देशभर ५ हजार २ सय २५ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनामुक्त हुनेको सङ्ख्या अहिलेसम्म ५ लाख २० हजार ८ सय १६ पुगेको छ ।

नेपालमा अहिले सङ्क्रमित निको हुनेदर ८६ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, गएको २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार सात सय ९ जना र ५ हजार ५ सय ८४ जनाको एन्टिजेनबाट परीक्षण गर्दा एक हजार ४१ जनामा सङ्क्रमण पाइएको हो ।

योसहित अहिलेसम्म कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ । यस्तै, गएको २४ घण्टामा थप ६७ जनाको ज्यान गएको छ । कोरोनाका कारण अहिलेसम्म ८ हजार ३ सय ५ जनाको ज्यान गएको छ । नेपालमा अहिले ७५ हजार २ सय ७५ जना सक्रिय सङ्क्रमित छन्।

Facebook Comments