२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोरोना अपडेट धादिङ :१२९ कोरोना संक्रमणमुक्त, थप १ सय जनामा कोरोना पुष्टी

कोरोना अपडेट धादिङ :१२९ कोरोना संक्रमणमुक्त, थप १ सय जनामा कोरोना पुष्टी
सेयर गर्नुहोस्
०सेयर

धादिङमा थप १ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार जिल्लाभित्र ९३ जना र जिल्लाबाहिर ७ जना गरि १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा निलकण्ठमा ७२, त्रिपुरासुन्दरीमा २, थाक्रेमा ३, ज्वालामुखीमा २, नेत्रवातिमा १, रुबिभ्यालिमा ५ र धादिङ्ग हस्पिटलमा ८ जना गरि जिल्ला भित्र ८३२ र जिल्ला बाहिर १३० गरेर धादिङको सक्रिय संक्रमित ९६२ पुगेको छ ।

संक्रमितहरु जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १८, संस्थागत आइसोलेसनमा २७ र होम आइसोलेसनमा ७८७ रहेका छन्। त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २७ र होम आइसोलेसनमा १०३ रहेका छन् ।

बुधबार धादिङमा १२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । बुधबार निलकण्ठमा ६२ स्वाब संकलन भएको छ । ७२ एनटीजेन परिक्षण मध्ये १९ पोजिटिभ आएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।