गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका लागि स्वाथ्य तथा स्वच्छता सामग्री हस्तान्तरण गरेको छ। 

गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउन सहयोग पु¥याउने उद्देश्यले एम सि सि एन को सहयोगमा शान्ति नेपाल गजुरीले गाउँपालिकालाई उक्त  सहयोग सामग्री हस्तान्तरण गरेको हो ।

शान्ति नेपालले बेनिघाट रोराङ गाउँपालिका र गजुरी गाउँपालिकाको लागि ५ वटा अक्सिजन सिलिन्डर, ३० वटा पि.पि.ई सेट, ४५ सय थान सर्जिकल माक्स, एन ९५ माक्स २ सय थान, अक्सिमिटर १० थान, सर्जिकल ग्लोब्स ३ हजार ७ सय ५० थान, आइसोलेसनमा बसेकाहरुका लागि सरसफाई तथा स्वच्छता सामग्री ५० थान, ६५ लिटर सेनिटाईजरका दरले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

शान्ति नेपालका परियोजना संयोजक लाल प्रसाद पोखरेलले गजुरी गाउँपालिकाका अध्यष्क्ष राजेन्द्र विक्रम बस्नेत र बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीलाई स्वास्थ्य, सरसफाई तथा स्वच्छता सामग्री हस्तान्तरण गर्नुभएको हो । गजुरीमा भएको कार्यक्रममा गजुरी गाउापालिका उपाध्यक्ष सिता ढुङ्गाना, प्रमुख प्रशासकिय अधिकृत राजन घिमिरे, वडा अध्यक्षहरु र गजुरी गाउँपालिका स्वास्थ्य शाखा संयोजक डाक्टर रामहरी रेग्मीको सहभागिता रहेको थियो ।

यसै गरी वेनिघाट रोराङ गाउँपालिकामा भएको कार्यक्रममा उपाध्यक्ष देवी प्रसाद सिल्वाल, गाउँँपालिका सुचना अधिकारी परशुराम घिमिरे, स्वास्थ्य शाखा संयोजक शंकरबाबु दुवाडी र सहसंयोजक सितामाया शाक्यको सहभागिता रहेको थियो ।

Facebook Comments