
मंसिर १५, धादिङ ।
धादिङको धुनीबेसी नगरपालिका ८ स्थित खानीखोलामा आज प्रेसर कुकर बम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काँकडभित्ताबाट काठमाडौँ जादै गरेको ना ७ ख ४९७६ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा बम भेटिएको प्रहरीले जनाएको छ ।
बस चेकजाँच गर्ने क्रममा झोलाभित्र लुकाईराखेको अवस्थामा प्रहरीले फेला पारेको हो । पक्राउ पर्नेमा भारत कोत्ताजाल निवासी २३ बर्षिय राजु विश्वास र पश्चिम बंगाल निवासी ३१ बर्षिय महमद फरमान रहेका छन् ।
सुराकीका आधारमा चेकजाँच गर्ने क्रममा प्रेसरकुक्कर बम १ वटा र अरु २ वटा बम पनि प्रहरीले बरामद गरेको छ ।