कोभिडका कारण पत्रकारहरुको दयनिय अवस्था सिर्जिना भएकोे न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गोपाल तिवारीले बताउनुभएको छ ।

बुधबार न्यूनतम पारिश्रमीक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको समन्वयमा धादिङमा भएको पत्रकार ऐनको कार्यन्वयन र जिल्लाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमका अवसरमा उहाँले यस्तो बताउनु भएको हो । अहिले श्रमजीवी पत्रकारहरुको अवस्था दयनीय भएकाले कसरी समाधान गर्न सकिन्छ भनेर अध्ययन तथा अनुगमनका भईरहेको पनि तिवारीले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्ग जिल्ला शाखा धादिङका अध्यक्ष राजाराम शर्माले जिल्लाको सञ्चार माध्यम र सञ्चारकर्मिको अवस्था, कोभिडले पारेको प्रभावको बारेमा बताउनुभएको थियो । जटिल स्थितिका कारण कतिपय पत्रकारहरु बेरोजगार भई पेशाबाटै पलायन हुने खतरा आएको औँल्याउँदै संरक्षणका लागि राज्य गम्भीर हुनुपर्ने बताउनभयो ।

कार्यक्रममा कोभिडका कारण नियमित विज्ञापन, बिक्री र आम्दानी नभएकोलेसमस्या भएको सहभागीहरुले बताएका छन् । कोरोना महामारीले समग्र अर्थतन्त्र प्रभावित भएसँगै सञ्चार गृह र कार्यरत सञ्चारकर्मी दुवै मारमा पर्न थालेको सहभागीहरुले बताएका छन् । तलब नियमित नपाउनु, बेतलबी बिदा बस्न दबाब दिनु, नियुक्ति पत्र नदिनु लगाएतको समस्या पत्रकारले भोग्नु परेको सहभागीहरुले बताएका छन् ।

Facebook Comments