धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहेको नीगालपानी–काफलपानी खानेपानी आयोजनाको लागि २० लाख बजेट प्राप्त भएको छ ।

खानेपानी मन्त्रालयका शाखा अधिकृत निलकण्ठ ९ गोलाभञ्ज्याङ निवासी डिलमान शाक्यको विशेष पहल र काफलपानीका स्थानिय समाजसेवी निरबहादुर गुरुङ र मिलन बराईलीको समन्वयमा २० लाख बजेट प्राप्त भएको हो । संघिय सरकारको खानेपानी सेवा विस्तार तथा पुर्नस्थापना कार्यक्रम अन्र्तरगत बजेट प्राप्त भएकोे हो ।

खानेपानी आयोजनाका समितिहरु विच छलफल गरि प्राप्त बजेटले के कती काम गर्ने भन्ने विषयमा निर्णय गरिने समाजसेवी एवं खानेपानी उपभोक्ता समितिका सचिव निरबहादुर गुरुङले बताउनुभयो । मुहान मर्मत, ट्याङ्कीको क्षमता विस्तार लगायतका काम गर्ने भन्ने योजना रहेको गुरुङले बताउनुभयो ।

केही वर्षदेखी आर्थिक समस्याका कारण खानेपानी आयोजना सञ्चालनमा समस्या हुँदै आएको छ । फनबोर्ड र स्थानियहरुको जनश्रमदानबाट करिब ७६ लाखको लागतमा २०६३ सालमा निर्माण सुरु भएको खानेपानी आयोजना २०६५ सालबाट उपभोक्ताले खानेपानी उपभोग गर्न पाएका थिए ।

धौखोलाबाट लिफ्टिङ प्रविधिबाट पानी तानेर काफलपानी, निगालपानी, हटिया, सार्की गाउँ गरि २ सय घरधुरीले पानी उपभोग गर्दै आएका थिए । तर अहिले पानी १ सय ७० घरधुरीले मात्रै उपभोग गर्ने गरेको उपभोक्ता समितिका सचिव एवं समाजसेवी निरबहादुर गुरुङले बताउनुभयो ।

नीगालपानी–काफलपानी खानेपानी आयोजना सँगै धादिङको ९ ओटा भन्दा बढि खानेपानी आयोजनाहरुलाई खानेपानी मन्त्रालयबाट बजेट विनियोजन भएको छ ।

Facebook Comments