१८ असार,धादिङ ।

दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । वर्षाले तराईका केहि क्षेत्र ढुवान सहित बढी प्रभावित भएको छ भने अन्य क्षेत्रमा जनधनको क्षति पु–याएको छ । वर्षासँगै आएको बाढि र पहिरोले सडक, पुल, घर र वस्ति बगाएको समाचारहरु आइरहेको छ । ठूला नदिहरुमा पानीको बहाव वढीरहेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भारी वर्षा भइरहेकाले बाढी पहिरो र डुबान हुन सक्ने जनाउँदै जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गररेका छन् । सरकारले जोखिम न्यूनीकरणसहित खोज, उद्धार, पुनःस्थापन तथा राहतका कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आएको छ ।
धादिङ जिल्लामा पनि बर्षासँगै आएको बाढि र पहिरोका कारण पृथ्वी राजमार्ग र अन्य राजमार्ग र ग्रामीण क्षेत्रका सडकहरु प्रभावित भएको छ । केहि स्थानहरुमा वहिरोका कारण घर,गोठमा क्षती भएको समाचारहरु आइरहेको छ । वर्षासँगै तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ३ मा माथिबाट खसेको पहिरोले घर पुर्दा वर्ष ३७ की हरिमाया नेपाली र सोही ठाउँ बस्ने सरस्वती थापाको मृत्यु भएको छ । चितवनको राप्ति नगरपालिकामा पहिरोमा परी दुईजनाको मृत्यु भएको र केहि मानिस हराइरहेको गृह मन्त्रालयले जनाएको छ । राप्तीस्थित पम्फा खोला पसेर केही बस्ती नै डुबानमा पारेकाले १५० घर धुरीका ४०० जनालाई सुरक्षित क्षेत्रमा सारिएको छ । तराइका जिल्लाहरु डुवानमा परेको छ । चितवनको रत्ननगर नगरपालिका–८ रमाइलो डाँडा क्षेत्रमा बुढी राप्ती बस्तीमा पस्दा २० घरका करिब १०० जना विस्थापित भएका छन् । यस्तै सौराहाको केही क्षेत्र डुबानमा परेको छ । जिल्लाको राप्ती, कालिका र रत्ननगर नगरपालिकाको विभन्नि क्षेत्रसमेत प्रभावित भएको छ ।  फोटो फिचर :

 

वर्षासँगै पहिरो खसेर नारायणगढ–मुग्लिन सडक, पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवन, तनहुँखण्डका विभिन्न क्षेत्रमा पहिरो खसेर क्षति भएको छ । सवारी साधन अझै राम्रोसँग सुचारु हुन सकेको छैन । ठाउँठाउँमा सडकअवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित गैंडाकोटमा आएको बाढीले थुम्सीमा रहेको डाइभर्सनसमेत बगाएर सडक आवागमन प्रभावित भएको जनाइएको छ । यस्तै पर्साका केही बस्तीसमेत डुबानमा परेको छ । हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । मनाङमा समेत वर्षाले असर गरेको छ । महोत्तरी, लहानसहित तराईका जिल्ला तथा डोटीलगायत धेरै जिल्ला वर्षाका कारण प्रभावित भएको छ ।

मौसम विज्ञान विभागका अनुसार आज प्रदेश नं १, २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी, लुम्बिनी, र गण्डकी प्रदेशकाका केही स्थानमा भारी वर्षा र सिमित ठाउँमा अति भारी वर्षा भएको छ । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार पछिल्लो १८ दिनमा विपद्सम्बन्धी १५८ वटा घटना भएका छन् । उक्त घटनामा परी ३३ जनाको मृत्यु भएको र ३० जना बेपत्ता भएको केन्द्रका प्रमुख दीलकुमार तामाङले जानकारी दिएको छ । विपदजन्य घटनामा परेर ३० जना घाइते भएका छन् । अहिलेसम्म ४७४ घरमा पूर्ण क्षति भएको छ भने ११२ घरमा आंशिक क्षति पुगेको छ । हालसम्म ३६ सरकारी कार्यालय, ६ सामुदायिक भवन र विद्यालय, २२ झोलुङ्गे पुल, १३ वटा पक्की पुल, १३ हाइड्रो पावर, पाँच साना पुल र २ वित्तीय संस्थामा क्षति पुगेको छ । यसअघि मनसुन प्रवेश गरेलगतै गएको बाढी पहिरोमा सिन्धुपाल्चोकका मेलम्ची क्षेत्र र मनाङ जिल्ला प्रभावित भएको थियो । उक्त समयमा ठूलो जनधनको क्षति भएको थियो ।

Facebook Comments