१८ असार, धादिङ ।
शुक्रबार नेकपा एमालेको १३ औं केन्द्रिय कमिटीको बैंठक सम्पन्न भएको छ । बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संसदीय अभ्यास, दलिय प्रणाली र अनुशासन विपरीत प्रमुख प्रतिपक्षी दलको नेतालाइ प्रधानमन्त्री बनाउने समर्थन सहित सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका नेताहरुलाइ हस्ताक्षर फिर्ता लिन निर्देशन गर्नुभएको छ । केहि नेताहरु प्रमुख प्रतिपक्षि दलको नेतालाइ प्रधानमन्त्री बनाउनको लागि अनुचित ढंगले लागेको हुँदा हस्ताक्षर फिर्ता लिएर पार्टीको जिम्मेवारीमा फर्कन आग्रह पनि गर्नुभएको छ ।

बैठकलाइ सम्बोधन गर्र्दै अध्यक्ष ओलीले देशमा अनुसाशनहिनता बेढेको, नियम, कानुन र संविधानको उल्लघन गर्ने काम भइरहेको बताउनुभयो । यो महामारीको समयमा गठबन्धन बनाएर विरोध र आन्दोलनको कार्यक्रम तय गरी अराजकता सृजना गरेको बताउनुभयो । सर्वोच्च अदालत प्रति अनुचित दवाव र प्रभाव पार्ने प्रयासहरु भइरहेको प्रति निन्दा गर्दै, यस्ता कार्यहरु प्रति सरकार सचेत र सजग रहेको बताउनुभयो ।

पार्टी संरचना २०७५ जेठ २ मा फर्किएको औपचारीक निर्णयसँगै पार्टी विभाजनमुखि गतिविधि सुरु भएदेखी विभाजनको विपक्षमा रहेको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम आजको बैठकमा सहभागी भएको थियो । गौतमले बैठकमा आफ्नो भनाइ राख्दै म नेकपा एमाले सहित सबै कम्युनिष्ट पार्टीलाइ एकतावद्ध बनाउने गरी लाग्ने र यस अभियानमा सहयोग गर्न सबैलाइ आह्वान गर्नुभयो । आजको केन्द्रिय कमिटीको बैठकमा आउन मधव नेपाल, झलनाथ खनाल समूहका नेताहरुलाइ पत्राचार गरेको भएपनि सहभागी भएन । बैठक भोलि पनि बस्ने जनाएको छ । यता मधव नेपाल, झलनाथ खनाल समूहले आजको बैठकको विषयमा प्रतिकृया दिदै हस्ताक्षर फिर्ता नलिने र सहमति विना आह्वान गरिएको कुनै पनि बैठकमा सहभागी नहुने जनाएको छ ।

Facebook Comments