२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको गजुरी बन्छेटारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु,एक घाइते

धादिङको गजुरी बन्छेटारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु,एक घाइते
सेयर गर्नुहोस्
०सेयर

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी बन्छेटारमा सोमबार ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गजुरीबाट काठमाण्डौं जादै गरेको बा ५ ख ३०४८ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०२३ प ०२५४ नम्वरको मोटर साइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा उत्तरी धादिङको खनियाबास गाउपालिकाका आन्दाजी ३२ वर्षका ताराबहादुर गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना गम्भीर घाइते भएका तामाङको उद्धार गरेर गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै घाइते अञ्जु गुरुङको काठमाण्डौं ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा छ भने चालक घटना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।