चर्चित गायक अमृत सापकोटा र उहाँकी श्रीमती सुनिताको तीज गीत ‘शालि भेना’ बजारमा

चर्चित गायक अमृत सापकोटा र उहाँकी श्रीमती सुनिता बागदासको तीज गीत ‘शालि भेना’बजारमा आएको छ ।

अमृत सापकोटा र सुनिता बागदासको सुमधुर आवाज रहेको उक्त गीतमा लय तथा शब्द सृजना भने तिलक ओलीको रहेको छ । गीतमा चर्चित हास्यकलाकार किरण केसी रातामकै,लोशिना लामिछाने ,ऋतु तामाङ्ग लगाएतको दमदार अभिनय रहेको छ ।

करण चैसिर को छायांकन र मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियो सम्पादन भने बिकाश ज्ञवाली गर्नुभएको हो । बाल गायिका कमला घिमिरेलाई संगीत बजारमा ल्याएर चर्चामा आएका अमृतको धेरै गीतहरु सुपरहिट छन् । यस तीज गीतलाई पनि स्रोता दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाईरहेको गायक अमृत सापकोटाले बताउनुभयो ।

भिडियो हेर्नुहोस्:-

कोरोना अपडेट धादिङ : ३५ जना कोरोना संक्रमणमुक्त, ७१ जनामा कोरोना पुष्टी

धादिङका ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालीकामा ३३ जना, गल्छी गाउपालिकामा ११ जना, गजुरी गाउपालिकामा २ जना, त्रिपुरासुन्दरी गाउपालिकामा ५ जना, गंगाजमुना गाउपालिकामा २ जना, धादिङ्ग हस्पिटलमा १८ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

सोमबार एन्टीजेन परिक्षण गरिएका १ सय २८ जनामध्ये ३३ जनामा पोजिटिभ आएको छ ।

योसगैँ जिल्लाको सक्रिय संक्रमितको संख्या ५ सय ६३ पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र जिल्ला हस्पिटल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा ३ र होम आइसोलेसनमा ५ सय ४७ रहेका छन् ।

त्यस्तै सोमबार ३५ जना संक्रमण मुक्त भएका छन् । धुनिबेसि नगपालिकामा सोमबार ५ जनाको स्वाब संकलन गरीएको छ ।

बेनिघाट रोराङको खानीखोलामा भेटिएको बेवारिसे शवको अनुसन्धान हुँदै

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ खानीखोलामा सोमबार विहान ८ बजे बेवारिसे शव फेला परेको छ ।

अन्दाजी ४० बर्षिय एक पुरुषको सडिसकेको अबस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नयाब उपरीक्षक युबराज खड्काले जानकारी दिनुभयो । मृतक पुरुषको अहिले सम्म पहिचान हुन सकेको छैन ।

शब पोस्ट माटमको लागि गजुरी अस्पतालमा राखएिकोथप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यस्तै आइतबार साउन १ गते देखि हराई रहेकी धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ किराञ्चोककी २० बर्षिया सम्झना रोक्का घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेकी थिईन् ।

सम्झना रोक्काको शिक्षण अस्पताल महारञ्जगञ्ज काठमाण्डौंमा पोष्टमार्टमको लागि पठाईएको छ ।

धादिङमा गत आर्थिक वर्षमा ३९ हजार २ सय ५८ सवारी साधन कार्वाहीमा परे

धादिङमा आर्थिक वर्ष २०७७/७८ मा ३९ हजार २ सय ५८ सवारी साधन कार्वाहीमा परेका छन् । ट्रफिक नियम उल्लंघन गर्ने सवारी साधन कार्वाहीमा परेको होे ।

कार्वाहीमा परेको सवारी साधनबाट आर्थिक वर्ष २०७७/७८ मा ३ कारोड २७ लाख ३८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । गत आर्थिक बर्ष २०७६/७७ मा भन्दा आर्थिक बर्ष २०७७/७८  मा ट्रफिक नियम उल्लंघन गरि कार्वाहीमा पर्ने सवारी साधनको संख्यामा वृद्वि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको तथ्याङकमा छ ।

गत आर्थिक बर्ष २०७६/७७ मा २७ हजार २ सय ७६ सवारी साधन  ट्रफिक नियम उल्लघन गरी कार्वाहीमा परेको थियो । जसबाट गत आर्थिक बर्ष २०७६/७७ मा १ करोड ५७ लाख ६० हजार ५० रुपैयाँ राजस्व संकलन भएको थियो ।

विना लाइसेन्स सवारीसाधन चलाउने, आवश्यक कागज पत्र नभएको, ओभरटेक गर्ने, ओभर लोड सामान लोड गर्ने सवारीसाधन कार्वाहीमा परेको हो । जसमा सबैभन्दा बढि कार्वाहीमा पर्नेमा ट्रक, ट्रिफर, मोटरसाइकल रहेका छन् ।

माधव नेपालले पार्टी ध्वस्त बनायो : अध्यक्ष ओली

 

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पार्टी एकता जोगाउनको लागि एकतामा फर्कन बरिष्ठ नेता माधबकुमार नेपाल पक्षका नेताहरुलाई आग्रह गर्नुभएको छ । नेपाल महिला संघको आईतबारको भर्चुअल बैठकमा ओली नेता नेपाल प्रति आक्रामक देखिनुभयो । नेपालले पार्टी ध्वस्त बनाएको भन्दै नेपालको आलोचना गर्नुभयो ।

ओलीले एमाले पार्टीलाई जोगाउन नेपाल समूहमा रहेका नेता कार्यकर्ताहरुलाई फर्कन आग्रह गर्नुभयो । नेपालको पछि लागेर आफ्नो भविष्य सखाप नपार्न भन्दै अध्यक्ष ओलीले उनीहरुलाई पार्टीमा फर्किन आग्रह गर्नुभएको छ । पार्टी विरोधी षडयन्त्रको चक्रबाट बाहिर निस्कन कार्यकर्ताहरुलाई ओलीले आग्रह गर्नुभयो ।

नेपाल समूह सत्तारुढ गठबन्धनबाट नबाहिरिएसंगै ओली नेपाल प्रति थप आक्रोशित हुनुभएको छ । यसैबीच, नेकपाएमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले विघटित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव अबिलम्ब कार्यान्वयनको माग गरेका छन् ।

आईतबार १० सदस्यीय विघटित कार्यदलका नेताहरूसँगको छलफलपछि लिखित प्रस्ताव पारित गर्दै सांसदहरुले १० बुँदे कार्यन्वयनको नेतृत्व लिन आग्रह गरेका हुन् । केपीओली र माधव नेपालदुवै समूहका सांसदहरूको सहभागिता रहेको छलफलको संयोजन यज्ञराज सुनुवारले गर्नुभएको थियो । पार्टी एकताको लागि पारित गरेको १० बुँदे प्रस्तावले एमालेका आन्तरिक समस्या समाधान गरि पार्टी एकतागर्न सकिन्छ भन्ने साझा बुझाइ आफूहरूको रहेको सांसद सुनुवारले बताउनुभयो ।

सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राखेर आज सांसद उमेश श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

श्रेष्ठ निजी विद्यालय सञ्चालक हुनुहुन्छ । यसअघि, सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन हिसानका संस्थापक अध्यक्ष समेत रहिसक्नु भएको छ । थुप्रै व्यवसायमा लगानी गर्नुभएका श्रेष्ठलाई नेपाली काँग्रेसले समानुपातिक तर्फको कोटामा सांसद बनाएको हो ।

कोरोना अपडेट धादिङ : ६४ संक्रमणमुक्त, २४ जनामा कोरोना पुष्टी

धादिङमा आईतबारथप २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमण पुष्टी हुनेमा निलकण्ठमा १, गंगाजमुनामा ३, गल्छीमा ६, धुनिबेसीमा १, खानियाबासमा १, बेनिघाटमा २, ज्वालामुखीमा ४ र सिद्धलेकमा ६ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यो सँगै धादिङमा कोरोना संक्रिय संक्रमितको संख्या ५२७ पुगेको छ । यस्तै आईतबार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्ला हस्पिटल आइसोलेसनमा १४, संस्थागत आइसोलेसनमा ६ र होम आइसोलेसनमा ५०७ रहेका छन् ।

यस्तै आईतबार निलकण्ठमा ६२ र गजुरीमा ९ गरेर जिल्लामा ७१ स्वाब संकलन भएको छ । ५९ एन्टीजेन परिक्षण मध्ये १८ पोजेटिभ आएको छ ।

 

गायिका राधा गुरुङको तीजको कोसेली ‘धुलो उडाउँदै’(भिडियो सहित)


लोक तथा दोहोरी गायिक राधा गुरुङले धुलो उडाउँदै बोलको तीजको गीत दर्शक तथा स्रोत माझ ल्याउनुभएको छ । राधा गुरुङ र कुशल वेलवासेको आवाज रहेको उक्त गीतमा अरुण थापाको शब्द संगीत रहेको छ ।

धौलागिरि ईन्टरटेन्मेन्टको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतमा रमेश बाबु थापा मगर र रिना थापाको अभिनय रहेको छ । हरितालिका तीजको कोसेली स्वरुप धुलो उडाउँदै बोलको तीजको गीत दर्शक तथा स्रोता माझमा ल्याएको गायिक राधा गुरुङले बताउनुभयो ।

अन्य गीतहरुलाई जस्तै यो गीतलाई पनि माया गर्नेमा आफु पूर्णरुपमा विश्वस्त रहेको गायिका गुरुङले बताउनुभयो । गायिका गुरुङको पछेउरी चुनीको, नबोली नबोली लगायतका गीतहरु चर्चित छन् ।
भिडियो हेर्नुहोस् :-

१० दिनदेखी हराईरहेकी सम्झना रोक्का घर नजिककैको जंगलमा मृत अवस्थामा फेला


१० दिनदेखी हराईरहेकी गजुरी ८ किराञ्चोककी २० वर्षिया सम्झना रोक्का घर नजिककैको जंगलमा मृत अवस्थामा भेटिएकी छिन् ।

आईतबार विहान ११ बजे घर भन्दा माथी १ सय ५० मिटर टाढा कुकुरपानी जंगलमा भेटिएको स्थानिय केशव तिरुवालले जानकारी दिनुभयो । जंगलबाट गन्ध आएपछि खोजी गर्ने क्रममा रोक्काको शव भेटिएको स्थानिय तिरुवालले बताउनुभयो ।

 

तस्विर : केशव तिरुवाल

गजुरीबाट प्रहरीहरु घटनास्थलतर्फ जाँदै गरेको छ । कसैले बलात्कार गरेर जंगलमा मारेर फालेको हुन सक्ने भन्दै स्थानीयहरुले छिटो भन्दा छिटो सत्य तथ्य वाहिर ल्याउन माग गरेका छन् । सम्झना रोक्काको खोजीको लागि धादिङ अपडेट डटकमले किशोरी हराएको सूचना र समाचार प्रकाशन गरेको थियो ।

नीलकण्ठ–१३ धादिङका भरत गुरुङलाई उनकै सहकर्मीले हत्या गरेको पुष्टी

गुरुङको हत्या गरेको अभियोगमा उनकै गणका सिपाही गंगाधर ढकाललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएस्पी सूर्य थापाका अनुसार ढकालले मृतक गुरुङको बैंक खाता किर्ते गरेर ९ लाख रुपैयाँ निकालेको र सोही विषय लुकाउन हत्या गरेको जानकारी दिनुभयो । प्रहरीले उनको साथबाट एकथान एसएमजी समेत बरामद गरेको छ ।

मृतक गुरुङ नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत रहेको खुलेपछि प्रहरीले उनीसँगे बिदामा गएका ढकालको विषयमा समेत अनुसन्धान गरेको थियो । शान्ति मिशनबाट भर्खरै फर्किएका गुरुङलाई जग्गा देखाउन भन्दै चितवन लगेको प्रहरीले जनाएको छ ।