२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नीलकण्ठ–१३ धादिङका भरत गुरुङलाई उनकै सहकर्मीले हत्या गरेको पुष्टी

नीलकण्ठ–१३ धादिङका भरत गुरुङलाई उनकै सहकर्मीले हत्या गरेको पुष्टी

गुरुङको हत्या गरेको अभियोगमा उनकै गणका सिपाही गंगाधर ढकाललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएस्पी सूर्य थापाका अनुसार ढकालले मृतक गुरुङको बैंक खाता किर्ते गरेर ९ लाख रुपैयाँ निकालेको र सोही विषय लुकाउन हत्या गरेको जानकारी दिनुभयो । प्रहरीले उनको साथबाट एकथान एसएमजी समेत बरामद गरेको छ ।

मृतक गुरुङ नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत रहेको खुलेपछि प्रहरीले उनीसँगे बिदामा गएका ढकालको विषयमा समेत अनुसन्धान गरेको थियो । शान्ति मिशनबाट भर्खरै फर्किएका गुरुङलाई जग्गा देखाउन भन्दै चितवन लगेको प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।