नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंकहरुलाई स्थानीय तहमा पुग्न निर्देशन दिएको भएपनि उत्तरी धादिङको रुविभ्यालीमा अझै बैंक पुग्न सकेको छैन । वैंङ्क पुग्न नसक्दा नागरिकहरु बैंङ्कीङ सेवा लिनबाट बञ्चित छन् ।

गाउँपालिकामा बैंक नपुग्दा विकास निर्माणको काम सम्पन्न गरि लिनुपर्ने भुक्तानी, विदेशबाट आफन्तले पठाएको पैसा निकाल्नको लागि २/३ दिन लगाएर धादिङवेशीमा नै धाउन नागरिकहरु बाध्य छन् । यसो हुदा सुरक्षाको जोखीम बढि हुने गरेको त्यस क्षेत्रका नागरिकहरुको गुनासो छ ।

उत्तरी धादिङको रुविभ्याली गाउँपालिकाका नागकिहरु बैङ्कीङ सेवा लिनबाट बञ्चित छन् । राष्ट्र बैंङ्कले स्थानिय तहमा वाणिज्य बैंङ्कको शाखा कार्यालय पु¥याउन निर्देशन दिएको भएपनि रुविभ्याली गाउँपालिकामा बैंङ्क नपुग्दा स्थानियहरुलाई धादिङवेशी सम्म धाउनुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङले बताउनुभयो । रुविभ्याली गाउँपालिकामा राष्ट्र वैंङ्कले बैङ्क अफ काठमाण्डौलार्ई जानु भनेर निर्देशन दिएको भएपनि अझै सम्म गाउँपालिकामा नपुगेको अध्यक्ष तामाङले बताउनुभयो ।


रुविभ्यालीको अध्यक्षले नै लगाइदिए कार्यालयमा ताला

सुरुमा एभरेष्ट बैंङ्क जाने कुरा थियो, सुरक्षाका कारण देखाउँदै एभरेष्ट पनि गएन, पछि बैंङ्क अफ काठमाण्डौं जाने भन्यो तर अहिले सम्म आएको छैन अध्यक्ष तामाङले भन्नुभयो । सुरक्षाको कारण देखाउँदै बैंङक अफ काठमाण्डौंले आउन आनाकानी गरेपछि सानिमा बैंङ्क सँग एक चरणको छलफल समेत भएको थियो । तर सानिमा बैंङ्क पनि नगएको अध्यक्ष तामाङले बताउनुभयो ।

रुविभ्याली गाउँपालिकालाई धादिङ जिल्लाकै विकट भनेर चिनिन्छ । सडक सञ्जाल, विद्युत, हाई स्पिडको ईन्टरनेट सेवा लगायत वैंङ्कलाई आवश्यक पर्ने भौतिक संरचना नभएकै कारण देखाउँदै बैंङकहरु जान आनाकानी गरिरहेको उहाँ बताउनुहुन्छ ।  नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा सम्पूर्ण स्थानीय तहमा शाखा कार्यालय पु¥याउन निर्देशन दिएको थियो ।

सहर केन्द्रित बैंकिङ सेवालाई गाउँ–गाउँमा पु¥याउने उद्देश्यले राष्ट्र वैंङकले यस्तो कदम चालेपनि धादिङको रुविभ्याली गाउँपालिकका नागरिकहरु अझै बैंङ्कीङ सेवा लिनबाट बञ्चित छन् । धादिङमा ४८ भन्दा बढि वैंङक तथा वित्तिय संस्थाहरु रहेका छ् । धादिङको अन्य स्थानिय तहहरुमा भने बैंङ्कहरु पुगिसकेका छन् ।

Facebook Comments