
अहिलेको पाँच दलिय गठबन्धन राष्ट्रिय सभाको चुनाव सम्म मात्र रहेको नेकपा एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताउनुभएको छ ।राष्ट्रिय चुनाव पछिनेकपा एमालेबाट छुट्टिएर गएकाहरु पनि सबै फर्किएर नेकपा एमालेमै आउने उपाध्यक्ष पाण्डेले दावी गर्नुभयो । प्रेस चौतारी नवौ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताउनुभयो ।
कुनैपनि बेला निर्वाचनको घोषणा हुने भएकाले नयाँ जोश जाँगरका साथ अघि बढ्न नेता तथा कार्यकतालाई निर्देशन समेत दिनुभयो । आगामी चुनावमा नेकपा एमाले बहुमतका साथ विजयी हुने भएकाले एकढिक्का भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।
माओवादीसंगको एकताले एमालेमा फुट आएकोले अब एमालेमा कुनै पनि समस्या नरहेको भनाई राख्नुभयोे । निर्वाचनले पार्टी फुटेको नभई पार्टी अझै शसक्त भएको पनि बताउनुभयो । नेकपा एमालेनै कमजोर भयो भने देशको लोक्तान्त्रिक आन्दोलन,कम्युनिष्ट आन्दोलन र नेपाली जनताले अपेक्षा गरेको सुखी नेपाली समृद्ध नेपाल नै धरासायी बन्ने भएकाले एकतावद्ध भएर चुनाव केन्द्रित हुन आग्रह गर्नुभयो । नेकपा एमालेले देखेको समाजवाद कृषिमा क्रान्ती, निशुल्क शिक्षा र औषध उपचार लगायत रहेको बताउनुभयो ।
यस्तै पत्रकारहरु पनि नयाँ प्रविधि अनुसार परिवर्तन हुँदै जानुपर्ने बताउनुभयो । प्रविधिले पत्रकार पेशा पनि संकटमा पर्ने सक्ने भएकाले पत्रकारहरुले आफ्नो ज्ञान र सिप विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।
यस्तै शुक्रबार सम्पन्न प्रेस चौतारी धादिङको नवौ अधिवेशनले सानुबाबु तिमिल्सीनाको अध्यक्षतामा १५ सदस्य नयाँ कार्य समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा खुल्लातर्फ श्री हजुर सिलवाल, समावेसी तर्फ पवित्रा थापा मगर, सचिवमा दोलख गुरुङ, सहसचिवमा खुल्लातर्फ भुवन भण्डारी, समावेसीतर्फ अनिल नेपाली र कोषध्यक्षमा उपेन्द्र अधिकारी चयन हुनुभएको छ ।