२९ मंसिर,धादिङ ।
नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले ७ करोड २४ लाख ३६ हजार ४ सय २५ रुपैयाँ नाफा गरेको छ ।

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकामा केन्द्रिय कार्यालय रहेको वित्तिय संस्थाले १ अर्व ६९ करोड लगानीमा रहेको कर्जामा नाफा गर्न सफल भएको संस्थाका अध्यक्ष केशवप्रसाद आचार्यले जानकारी दिनुभयो ।लघुवित्त कार्यक्रम मार्फत समाजका विपन्न तथा गरीब वर्गको जीवनस्तर माथि उठाउने र राष्ट्रको गरिबी न्यूनिकरणमा टेवा पु¥याउने लक्ष्यका साथ धादिङमा स्थापना भएको हो ।

कात्तिक मसान्तसम्म ४२ करोड ८५ लाख कुल बचत रहेको संस्थाका कार्यकारी अधिकृत रामबहादुर यादबले जानकारी दिनु भयो । आर्थिक बर्ष २०७३ र ०७४ को नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांस गरी कुल ३५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।

Facebook Comments