देशभरका नेपाल तमू गुरुङ विद्यार्थी छोंज धींले आज २७ औं स्थापना दिवश विविध कार्यक्रम गरेर मनाएका छन् । वि.स.२०५२ साल बुटवलमा भिम गुरुङको अध्यक्षतामा स्थापना भएको गुरुङ विद्यार्थीहरुको संगठन स्थापनाको २७ औं वर्षको अवसरमा विविध कार्यक्रम गरेर मनाईएको हो ।

स्थापना दिवशको अवसरमा देशैभरका विद्यार्थीहरुले विभिन्न शैलीमा कार्यक्रम गरि मनाईएको नेपाल तमू गुरुङ विद्यार्थी छोंज धींका केन्द्रिय अध्यक्ष विश्वराज गुरुङले जानकारी दिनुभयो । विभिन्न समस्याहरुको पर्खालहरु चिर्दै कयौं आरोह अबरोह पार गर्दै संगठनलाई यहासम्म ल्याईपु¥याउन नैतिक, भौतिक, बौद्धिक र सबै तवरबाट सहयोग गर्ने सम्पुर्ण तमू संघ सस्था, तमू समुदाय, बुद्धिजीवी , गैर तमु समुदाय, सम्पुर्ण तमू बिद्यार्थीहरुलाई धन्यवाद समेत दिनुभयो ।



स्थापनाको अवसरमा गरिएको यस्ता कार्यक्रमले गुरुङ विद्यार्थीहरु अझै एकिकृत हुनेमा अध्यक्ष विश्वराजले विश्वास व्यक्त गर्नुभयो । गुरुङ समुदायको हकहित स्थापित गर्ने, भाषा, संस्कार ,संस्कृतिलाई जगेर्ना गर्ने र भाबी पुस्ता सम्म लैजाने बिषयमा नेपाल तमु गुरुङ विद्यार्थी दृढतापुर्वक अघि बढिरहेको समेत बताउनुहुँदै उहाँले सम्पूर्ण जिल्लाका विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुुभयो ।

धादिङका गुरुङ विद्यार्थीहरुले केक काटेर स्थापना दिवश मनाएका छन् ।

 

स्याङजाका गुरुङ विद्यार्थीहरुले दिप प्रज्वलन गरि स्थापना दिवश मनाएका छन् ।

चितवनका विद्यार्थीहरुले दिप प्रज्वलन गरि स्थापना दिवश मनाएका छन् ।

 

Facebook Comments