फागुन ७, धादिङ ।
६८ औं प्रजातन्त्र दिवसको अवसरमा सोमबार धादिङवेसीमा मैत्रीपूर्ण फूटसल प्रतियोगिता सम्पन्न भएको छ । राजनैतिक दल र राष्ट्रसेवक कर्मचारी वीच भएको उक्त खेलमा राजनैतिक दलको टिमले राष्ट्रसेवक कर्मचारीको टिमलाई ८–७ ले पराजित गरेको छ ।

निलकण्ठ नगरपालिका नगरप्रमुख भीमप्रसाद ढुङ्गानाको कप्तानीमा उत्रेको राजनैतिक दलको टोलीलाई सहायक प्रमुख जिल्ला अधिकारी ढोलकराज ढकालको टिमले कडा टक्कर दिएको थियो । निक्कै रोमान्चक एवं प्रतिस्पर्धामक खेलमा खेलाडीको रुपमा नेपाली काग्रेस धादिङका सभापति रमेश धमला, निकलण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, ज्वालामुखी गाउँपालिकाका वडाअध्यक्ष अर्जुन अर्याल, जिल्ला समन्वय समितिका सूचना अधिकृत भोला गौतम, निलकण्ठ क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियनका सभापति सरोज पाण्डे धादिङ फुटसल एकेडेमीका गोपी भण्डारी  लगायतको सहभागिता रहेको थियो ।

खेलाडीहरुलाई सिल्ड तथा प्रमाणपत्र वितरण प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख एवं ६८ औं प्रजातन्त्र दिवस जिल्ला समारोह समितिका अध्यक्ष जगन्नाथ नेपालले गर्नुभएको थियो ।

Facebook Comments