चैत्र १, काठमाण्डौं ।
प्रधानमन्त्री केपीओली सरकारलाई पूर्णता दिने तयारीमा लाग्नु भएको छ । उहाँले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि राजपा र संघिय समाजवादीसँग वार्ता गर्नु हुनेछ ।
प्रधानमन्त्री ओलीले बुधबार पनि माओवादी अध्यक्षप्रचण्डसँग बालुवाटारमा लामो संवादगर्नु भएको थियो । माओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले आजै साँझ मन्त्रिपरिषदविस्तार हुने बताउनु भएको थियो । एमालेकादुई तथा १६ फागुनमाएमालेकादुई र माओवादी केन्द्रकादुई गरी अहिलेसम्म सात सदस्यीय मन्त्रिमण्डल मात्र गठन गरेका छन् ।
सरकारले १७ वटा मात्रमन्त्रालयबनाउने निर्णयकाआधारमापनिअझै ११ मन्त्रीनियुक्तगर्न बाँकी छ। आज नै मन्त्रिपरिषदविस्तार हुनपनि सक्ने तर टुङ्गो लागिनसकेकोप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु परमालले आज सम्भव नभए भोलि हुने बताउनुभयो ।