मंसिर १५, धादिङवेशीं ।
धादिङवेशीं स्थित रहेको एक मोवाईल हाउसले पूरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर सुरु गरेको छ । धादिङवेशींको मिलनटोलमा रहेको त्रिमुर्ती मोवाईल हाउसले मोबाइल एक्सचेञ्ज अफर संचालनमा ल्याएको हो । साथमा ५० प्रतिशतसम्म छुटको ब्याबस्था पनि गरिएको त्रिमुर्ती मोवाईल हाउसका प्रोपाईटर ईश्वर श्रेष्ठले बताउनुभयो ।

शुक्रबारदेखि संचालन भएको पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने समयावधी सिमित भएकाले छिटो भन्दा छिटो मौकाको फाईदा उठाउन हुन श्रेष्ठले आग्रह गर्नुभयो । अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सकिनेछ । पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत ५० प्रतिशत छुटको अफर राखिएको छ ।

बिश्व बजारमा पाइने २५ भन्दा माथी ब्राण्डका मोबाइल उपलब्ध गराउँदै आएको त्रिमुर्ती मोवाईल ईम्पेक्सले ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै जुनसुकै मोबाइल पनि छिट्टो मर्मत गर्ने गर्दछ । साथै दँशै तिहार लगायतका विशेष पर्वहरुमा विभिन्न योजनाहरु र अफरहरु प्रदान गर्दै आएको छ ।

Facebook Comments