
पौष ९, धादिङ ।
ईसाई धर्मावलम्बीहरुको महान पर्व ख्रिष्टमसको अवसरमा आज धादिङवेशीमा शुभकामना आदन प्रदान एवं वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
धादिङबेसि शान्तबजारमा रहेको स्थानीय मंडली र मिशन हार्डवेयर स्टील कम्पनीको सयुक्त आयोजना जिल्ला रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा १९ महिला र ३२ पुरुष गरि ५१ ५१ जनाले रगद दान गरेको सुवास वसेलले जानाकारी दिनुभयो ।