पुस २६ ।

सरकारले शिक्षा आयोगको परीक्षामा फेल भएका शिक्षकलाई सेवा बापत्को पैसा दिएर विदागर्ने भएको छ ।

शिक्षा ऐन नवौं संशोधन गर्ने क्रममा देशभरका झन्डै २६ हजार अस्थायी शिक्षकहरुलाई स्थायी हुनका लागि परीक्षा लिएको थियो । जाँचमा ४० पूर्णाङ्क ल्याउन नसक्ने झन्डै एक तिहाई अर्थात् ८ हजार शिक्षकहरु फेल भएका थिए । परीक्षामा २२ हजारको हाराहारीमा शिक्षकहरु सहभागि भएका थिए । अस्थायी शिक्षकहरुका लागि गोल्डेन ह्यानड सेकमा उसले काम गरेको वर्षको आधारमा ३ तहमावर्गिकरण गरिएको छ ।

जसमा ५ वर्ष भन्दाकमकाम गरेकालाई सो सुविधाबाट वञ्चितगरिएको छ । ५ वर्षदेखि १० वर्ष काम गरेकालाई आफूले खाईपाई आएको मासिकतलबको आधामहिनाको तलब, १० देखि १५ वर्ष काम गरेकालाई एक महिनाको र १५ भन्दा बढि काम गरेकालाई डेढ महिनाको तलबपाउने गरि गोल्डेन ह्यान्डसेकमावर्गिकरण गरिएको छ ।

जसमा प्राथमिक तहकाले बढिमा ६ लाख, निम्न माध्यमिक तहकाले बढिमा ९ लाख ९० हजार, माध्यमिकतहकाले अधिकतम ९ लाखपाउनेशिक्षाविभागले जनाएको छ । विभागका प्रवक्ता दिपक शर्माले बताउनु भए अनुसार अस्थायी शिक्षकको जाँचमा फेल हुँदा ती अभावलाई पूर्ती गर्न सरकारले खुल्ला विज्ञापन गरिरहेको छ । कुन जिल्लामा कति शिक्षकको आवश्यक्ता हुन्छ त्यहि अनुसार शिक्षकको पद पूर्ती गर्ने उहाँको भनाइ छ ।

देशभर हालएकलाख ९० हजार सरकारी शिक्षक छन् । जसमा ५० हजार शिक्षकको अभाव नै छ । अस्थायी शिक्षकको जाँचमा फेल भएपछि ती स्थानमा झन्डै ३ हजारको हाराहारीमा शिक्षक अभाव हुन सक्ने शिक्षा विभागले जनाएको छ । हिमालमा ४०, पहाडमा ४५ र तराई र उपत्यकामा ५० विद्यार्थी बराबर एक शिक्षकको दरबन्दी कायम गरिएको छ । दरबन्दी अनुसार शिक्षक भने कमै ठाउँमा मात्रै छन् ।

अहिलेको अभाव कायम गर्न सरकारले छलफल गरेपनि देशभर अझैं ५० हजार शिक्षकको अभाव पुर्तीका लागि के गर्ने भन्ने विषयमा सरकारले कुनै चासो दिएको देखिदैँन ।

Facebook Comments