माघ १२, धादिङ ।
नेपाल सितेरियो कराते डो एसोसिएसन धादिङ शाखा डोजोले १९ जना कराते खेलाडीलाइ व्ल्याकबेल्ट र प्रमाणपत्र वितरण गरेको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नारा सहित सितेरियो कराते सिकेका खेलाडिलाई व्ल्याकबेल्ट प्रमाणपत्र वितरण गरिएको हो । शनिबार धादिङबेसी स्थित कभर्ड हलमा आयोजना गरिएको कार्यक्रममा संविधानसभा सदस्य एवम् पूर्व साँसद गुरुप्रसाद बुर्लाकोटीले खेलाडीहरुलाई व्ल्याकबेल्ट र प्रमाणपत्र वितरण गर्नुभयो ।

धादिङबेसी डोजा प्रमुख एवम् इञ्चार्ज भिमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सितेरियो कराते डोजो खेलाडीहरुले विभिन्न खेल प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्व खेलाडीहरु नवराज थापा, माथवरसिंह गिंदेल र रमेश पौडेलले कराँतेको खेल सामाग्री खरिदका लागि २० हजार रुपैयाँ पनि प्रदान गर्नुभएको थियो ।

Facebook Comments