फागुन १२, धादिङ ।
ज्वालामुखी गाउँपालिकाको विभिन्न वडाहरुमा संचालित बालुवा प्रशोधन उद्योगहरुमा हिजो उद्योग वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल, काठमाण्डौ, घरेलु तथा साना उद्योग विकास समिति धादिङ र जिल्ला प्रहरी कार्यालय धादिङ तथा सशस्त्र प्रहरी बलको संयुक्त अनुगमन टोलीले उद्योगहरुमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा संचालनमा रहेका बालुवा प्रशोधन उद्योगहरुले उद्योग संचालन गर्नु पुर्व लिनु पर्ने उद्योग इजाजत संचालन अनुमती पत्र नलिएको पाइएको छ । साथै यस अघिको अनुगमनमा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ट) बमोजिमको कसुर गरेको पाइएकोले केहि उद्योगलाई सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (घ) बमोजिम रु.५० हजार जरिवाना गरीएको थियो । तर ति उद्योगहरुलाइ पटक–पटक ताकेता गर्दा समेत जरिवाना वापतको रकम तिर्न अटेर गरेको थियो । सोहि कारण हिजो जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलिले चेकजाँच गर्नेक्रममा ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री. जे एण्ड जे कन्स्ट्रकसन, श्री. धादिङ ट्रेड एण्ड कन्स्ट्रकसन कम्पनी, श्री. बालदेवी सप्लायर्स एण्ड स्याण्ड प्रोसेसिङ प्लाण्ट, न्यू ज्वालामुखी सप्लायस, श्री ढोला मण्डली सप्लायर्स‚ र वडा नम्बर ७ मा रहेको श्री. ईच्छासिद्धी सप्लायर्स उद्योगहरुमा जडान गरिएको ५ थान मोटर, विद्युतिय तार, लगायतका अन्य विभिन्न सामाग्रीहरु बरामद गरिएको जिल्ला प्रहराी कार्यालय धादिङका सुचना अधिकारी एवंम प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । विगत लामो समयदेखि ज्वालामुखि गाउँपालिकाको विभिन्न वडाहरुमा धेरै संख्यामा बालुवा प्रशोधन उद्योगहरु सञ्चालनमा रहेको छ ।

Facebook Comments