चैत्र ९, धादिङ ।
गत चैत्र ७ गते दिउँसो घरको विद्युत लाइन सर्ट भइ घर आगलागि भएका नीलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानीका बेल बहादुर गुरुङको परिवारलाइ राहत तथा सहयोग प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाईटि धादिङ र धादिङ उद्योग बाणिज्य संघले खाद्यान्न र त्रिपाल सहयोग स्वरुप प्रदान गरिएको छ । साथै प्रदेश सभाका माननिय सांसद डा.रामकुमार अधिकारीले सहयोग स्वरुप नगद रु.१० हजार रुपैंया सहयोग गरेको छ । राहत तथा सहयो प्रदान गर्न प्रदेश सांसद डा.रामकुमार अधिकारी, नेपाल रेडक्रस सोसाईटि धादिङका सभापती सीताराम कोईराला उद्योग वाणिज्य संघ धादिङका सदस्य विश्वराम दुवाडी लगायतको उपस्थिति रहेको थियो । पिडित परिवारलाइ यस अघि सहयोग स्वरुप नीलकण्ठ नगरपालिकाको कार्यालय धादिङ, वडा कार्यालय र मुरली भञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले खाद्यान्न तथा लत्ता कपडाहरु सहयोग प्रदान गरिएको थियो । आगलागिबाट पिडित गुरुङको नगद रु.६२ हजार सहित खाद्यान्न, लत्ता कपडा गरि करिब ४ लाख बराबरको क्षति भएको छ । आर्थिक अवस्था सामान्य भएको पिडित गुरुङ परिवारलाइ अहिले विभिन्न कार्यालय,संघ–संस्था र व्यक्तिहरुबाट सहयोग आइरहेको छ ।

Facebook Comments