
चैत्र ८,धादिङ ।
भुकम्प पछिको पुन निर्माणका विषयमा नेत्रावती डबजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धादिङमा सञ्चालन गर्दै आइरहेको भुकक्प पछिको पुनर्निर्माण र पुन स्थापनामा सदाचार (आईपिइआरआर) कार्यक्रम अन्तर्गत शुक्रवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

नेत्रावती डबजोङ गाउँपालिका वडा नम्वर ५ को कटुञ्जेमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका भित्रका भुकम्प पिडित सर्वसाधारणहरुले विभिन्न जिज्ञासा राखेकाथिए । कार्यक्रममा सहभागि भुकम्पपिडितहरुले अनुदान रकम समयमान आएको, पटक पटकगुनासो फारम भर्दा पनि सुनुवाई नभएको, घर भत्किएर पनि बस्न योग्यभनिआएको, गुनासो सम्बोधन पछि सम्झौता भएका प्रभावितहरुको किस्तान आएका लगायत पुननिर्माणसँग सम्बन्धित यावत समस्या राखेकाथिए ।
प्रभावितहरुको गुनासो सुनिसकेपछि जिल्लाआयोजनाकार्यान्वयनइकाई (भवन) काइन्जिनियर रविनश्रेष्ठ तथाअनुदानव्यवस्थापनतथा स्थानीय पूर्वाधारका भगवती खाँणले जिज्ञासाको जवाफ दिनुभएको थियो । सो क्रममा उहाहरुले नागरिकका गुनासा जायज भएको भन्दै केन्द्रबाट नै रकम आउन ढिला भएका कारण पछिल्लो समयमा किस्ता वितरणमा समस्या आएको र अवभने समस्या नरहेको बताउनुभयो ।

उहाहरुले समग्र जिल्लाका पालिकाहरु मध्ये नेत्रावती डबजोङ गाउँपालिकाको पुननिर्माणको प्रगतिनिकै राम्रो रहेको र खासै समस्या नरहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्गाकुमार शाक्यले जिल्लाको रेडर्क अनुसार नेत्रावती डबजोङ गाउँपालिकाको प्रगति राम्रो रहेकामा सन्तुष्टि लिदै अझ यसलाई राम्रो ढंगबाट पुनर्निर्माणका कार्यमा अगाडि बढाउन सबैलाई आग्रह गर्नुभयो । उहाले अवका पुनर्निर्माण तथा अनुदान व्यवस्थापनमा पनि सहज ढंगबाट काम अगाडि बढाउन जिल्ला कार्यालयहरुलाई पनि अनुरोध गर्नुभयो ।
गाउँपालिकाका अध्यक्षदुर्गाकुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उर्मिला तामाङ, प्रमुख प्रशासकिय अधिकृत डिलमान शाक्य, वडा अध्यक्षहरु, गाउँकार्यपालिकाका सदस्यहरु, नेपाल पत्रकार महासंघ धादिङका सचिव राजाराम शर्मा, श्रोतव्यक्ति हेमराज भट्ट लगायत सरोकारवाल निकायको आतिथ्य रहेको थियो ।