चैत्र २२, धादिङ ।
“विद्यालय तहमा कानुनको महत्व र स्थानीय तहमा यसको अवसर” विषयक अन्तरक्रिया कार्यक्रम आज धादिङबेशीमा सम्पन्न भएको छ । एड्भान्स एकेडेमी धादिङले कार्यक्रमको आयोजना गरेको हो ।

विद्यालय व्यवस्थापन समीतीको संयोजक अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्राध्यपक डा. युवराज सग्रौलाको प्रमुख आतीथ्यता रहेको थियो । यसै वर्षदेखि सुरु भएको कानुन विषयक अध्यनरत विद्यार्थीहरु एडभान्सएकेडेमीमा अध्ययन गराउनुहुने शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेपालमा कानुनको सुरुवात इतिहास कानुन पढ्ने विद्यार्थीहरुको अभिभावकहरुको विचार कानुन विषय के हो? यसको महत्व कस्तो छ ? लगायतको बारेमा अभिभावकसंग पनि अन्र्तक्रिया गरेको थियो ।

साथै स्थानीय तहमा कानुन कतिको आवश्यक छ कानुन जानेको व्यक्तिले समाजमा हेर्ने दृष्ट्रिकोण लगायतको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा पुर्वशिक्षामन्त्री डा. ङगालाल तुलाधर, जिल्ला न्याधीवक्ता बालकृष्ण वाग्ले आतीथ्यता रहेको थियो । कार्यक्रममा नगरउपप्रमुख मनराज भण्डारी ,विभिन्न गाउँपालिकाको प्रमुख उपप्रमुख,संघसंस्थाहरुमा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments