
वैशाख १४, धादिङ ।
खानेपानी सरफाई तथा स्वच्छतामा व्यवहार परिवर्तन सम्बन्धी ३ दिने तालिम शुक्रबार धादिङवेशींमा सम्पन्न भएको छ । वातवरण तथा जनस्वास्थ्य संस्था (ENPHO) कोे आयोजना तथा शान्ती नेपालको समन्वयमा तालिम सम्पन्न भएको हो । योजना निर्माण तथा कार्यन्वयन स्तरका कर्मचारीहरुका लागि संञ्चालन गरिएको तालिममा तालिममा धादिङ लगायत नुवाकोट, काभ्रेपलाञ्चोक, दोलखा गरि ४ ओटा जिल्लाका क्रियासिल राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघ संस्थामा कार्यरत २० जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
तालिममा पूर्ण सरसफाईको सूचक अनुसारको व्यवहारमा परिवर्तनको लागि आवश्यकिय निति निर्माण तय गर्ने, खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धी समाजमा भएको वास्तविक अभ्यासलाई भन्दा पनि हुनुपर्ने अभ्यास लगायतका विषयमा सहजीकरण गरिएको थियो । तालिममा सहभागीहरुलाई वातवरण तथा जनस्वास्थ्य संस्था (ENPHO) का वरिष्ठ तालिम अधिकृत शोभा राना, र देवेन्द्र खड्काले प्रशिक्षण दिनुभएको थियो । नेपाल सरकारले लिएको पूर्ण सफाई अभियानलाई सहज रुपमा समुदाय स्तरमा व्यवहार परिवर्तको गर्ने उद्देश्यले संञ्चालन गरिएको तालिम आज एक कार्यक्रमका विच समापन गरिएको हो ।
तालिम समापनको अवसरमा बोल्दै प्रयास नेपाल धादिङका अध्यक्ष सविता अर्यालले यो महत्वपूर्ण तालिम जिल्लामा एकदम प्रभावकारी हुने भएकाले तालिममा सिकेका कुराहरुलाई तत्काल व्यवहारमा उतार्नका लागि कार्य सम्पदानमा आजैदेखी जुट्नुपर्ने बताउनुभयो । त्यस्तैगरि ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जिल्लामा आवश्यक रहेको यो तालिम गाउँपालिकाको निति अनुसार उद्देश्य प्राप्तीको लागि धेरै फलदायी रहेको बताउनुभयो ।
तालिम समापन गर्दै शान्ती नेपालको परियोजना संयोजक ईन्द्रमान शाक्यले तालिममा लिएका ज्ञानले धादिङ जिल्लामा पूर्ण रुपमा पालना हुने विश्वास लिएको व्यक्त गर्नुभयो ।