
जेठ ६, धादिङ ।
सरकारले बजेट ल्याएपछि महङ्गी बढ्ने यसअघि देखिएको थियो तर यसपटक भने बजेटअघि नै दैनीक उपभाोग्य सामग्रीको भाउ बढेको छ । तरकारीमा सबैभन्दा धेरै भाउ बढेको छ ।
खाद्यान्नदेखि तरकारीमा ५० देखि सय प्रतिशत भाउ बढेको एक हप्ता भयो । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सैना सरकार र बिचौलियाको मिलेमतोका कारण यस्तो अवस्था आएको दावी गर्नुहुन्छ । दैनिक उपभोग्य सामग्रीको भाउ बढेको बार सरकारी निकाय पनि जानकार छ । आफूहरूको अनुगमन सुरु भएपछि मङ्हगी घट्दै गएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको दावी छ । उहाँका अनुसार अनुगमन पनि सुरु भएको छ । भारतमा चुनाव हुँदा होस् वा अरु कुनै भइपरी आउने घटनाका कारण हरेक वर्ष नेपालमा महङ्गी बढ्छ ।
काठमाडौँ उपत्यकामा खपतका लागि कालिमाटी तरकारी बजारमा दैनिक सात सय ५० टनसम्म तरकारी भित्रिने गर्छ । किसानको बारीबाट सस्तोमा किन्ने तर बजारमा पु¥याउँदासम्म दोब्बर÷तेब्बर भाउ बढाउने बिचौलियालाई कारबाहीको दायरामा ल्याउन सरकार आक्रामक रूपमा प्रस्तुत नभएसम्म महङ्गीको चपेटाबाट उपभोक्ताले मुक्ति पाउने देखिँदैन ।