जेठ १०, धादिङवेशीं ।
रिलायन्स लाईफ ईन्स्योरेन्स धादिङको आयोजनामा अभिकर्ताहरुको लागि ३ दिने आधारभूत तालिम आजदेखी धादिङवेशींमा सुरु भएको छ । रिलायन्स लाईफ ईन्स्योरेन्समा आवद्ध अभिकर्ताहरुको लागि तालिमको आयोजना गरिएको हो ।

२१ जना अभिकर्ताहरुको सहभागीता रहेको तालिमको पहिलो दिन आज जीवन विमा भनेको के हो ? जीवन विमा किन आवश्यक छ ? जीवन विमा प्रति समाजले हेर्ने दृष्टिकोण लगायतका विषयमा छलफल गरिएको थियो । तालिममा छलफल भएका विषयवस्तु माथी रिलायन्स लाईफ ईन्स्योरेन्स धादिङका बजार व्यवस्थापक शालिग्राम अधिकारीले सहजीकरण गरिरहनुभएको छ ।

सिद्धार्थ बैंक लिमिटेड र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको कूल पूंजी रु.२ अर्ब १० करोड र चुक्ता पूंजी रु.१ अर्ब ४७ करोड रहेको छ । रिलायन्स लाईफ ईन्स्योरेन्सले श्रावण १ गतेदेखि धादिङमा अनौपचारिक रुपमा व्यवसायिक कारोबार सुरु गरेकोे हो ।

Facebook Comments