असाढ ३ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असार २१ गतेभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाउने भएको छ ।

प्राधिकरणले हालसम्म अनुदान संझौता नगरेका लाभग्राहीलाई यही असार २१ गतेभित्र अनुदान सम्झौदा गरि असार मसान्तभित्र अनुदानको पहिलो किस्ता नलिए लाभग्राही सूचिबाट हटाउने तयारी गरेको हो । निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावित लाभग्राही बनेपछि पनि अनुदान सम्झौता गर्न नआउदाँ समयसीमा निर्धारण गर्नु परेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो ।

प्राधिकरणका अनुसार आठ लाख २६ हजार तीन सय ३३ लाभग्राहीमध्ये सात लाख ६६ हजार तीन सय १७ ले मात्र अनुदान सम्झौता गरेका छन् । जसमध्ये अहिलेसम्म ७ लाख ६१ हजार पाँच सय ४२ ले पहिलो किस्ता लिएका छन् ।

Facebook Comments