
अषाढ ७, धादिङ ।
जिल्लामै पहिलो पटक त्रिपुरासुन्दरी गाउँपालिकामा सबै स्वास्थ्य संस्थाहरुमा प्रसुती प्रतिक्षालय घर संञ्चालनमा आएपछि स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्यामा वृद्धि भएको छ । भने मातृ मृत्युदर र शिशु मृत्युदरमा पनि कमी आएको छ ।
गाउँपालिका भित्र रहेको स्वास्थ्य चौकी र स्वास्थ्य ईकाईको तथ्याङ्कलाई हेर्दा योे आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरुमा वृद्धि भएको त्रिपुरासुन्दरी गाउँपालिकाका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले जानकारी दिनुभयो । समय समयमा विभिन्न जनचेतनामुलक कार्यक्रमक संञ्चालन पश्चात यो सफलता हात पार्न सफल भएको श्रेष्ठको भनाई छ । सबै गर्भवती महिला र गर्भवती महिलाको नजिकका सासु, श्रीमान्लाई राखेर अन्र्तरक्रिया गराउने गरेका छौं, संयोजक श्रेष्ठले भन्नुभयो गर्भवती तथा सुत्केरी अवस्थामा ध्यान दिनुपर्ने कुराहरु, आवश्यक पूर्व तयारीका विषयमा जानकारी दिने गरेका छौं ।

त्रिपुरासुन्दरी गाउँपालिकाको सबै स्वास्थ्यहरुमा वर्थिङ सेन्टर संञ्चालनमा छ । वर्थिङ सेन्टरलाई आवश्यक पर्ने औजार उपकरण, तालिम प्राप्त दक्ष जनशक्तीको व्यवस्थापन गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले बताउनुभयो । वर्थिङ सेन्टरलाई अझै प्रभावकारी बनाउनको लागि प्रसुती प्रतिक्षालय घर संञ्चालनमा ल्याईएको संयोजक श्रेष्ठले बताउनुभयो । प्रसुती प्रतिक्षालयमा बस्दा कुनै पनि सुत्केरीले खाना खाएको, बसेको पैसा नलाग्ने जानकारी दिनुभयो ।
गाउँपालिकाले गाउँपालिका भित्र सबै स्वास्थ्य संस्थाबाट गर्भवती महिलाहरुलाई निशुल्क आईरन चक्की र क्यालसियम चक्की पनि वितरण गर्दै आएको छ । त्यस्तै गरि सुरक्षीत मातृत्व कार्यक्रमलाई अझै बढि प्रभावकारी बनाउनका लागि शुन्य होम डेलिभरी (घरमा हुने सुत्केरी) को संख्या कम गराउनको लागि नयाँ अवधारणा ल्याएर काम गरिरहेको बताउनुभयो । “संघिय सरकारले सुत्कीलाई प्रोत्साहन स्वरुप दिने सेवा सुविधामा अझ १ हजार बढि गाउँपालिकाले थपेर सुत्करेलाई महिलालाई दिने व्यवस्था गरेका छौं ” संयोजक यमबहादुर श्रेष्ठले भन्नुभयो यसरी शुन्य होम डेलिभरीको अवधारणा ल्याएको हौं । ‘अहिले पनि केही ठाउँहरुमा छिटपुट घरमै सुत्केरी हुने अवस्था छ ’ – उहाँले भन्नुभयो त्यसैले प्रत्येक गर्भवती तथा सुत्केरीका लागि स्वास्थ्य संस्था सम्म जान निशुल्क एम्बुलेन्स सेवा संञ्चालनमा ल्याउन लागेको छौं ।
बर्थिङ सेन्टर सञ्चालन सँगै प्रसुती प्रतिक्षालय घरको व्यवस्था भएपछि त्यहाँका महिलाहरु खुशी भएका छन् । यसअघि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुदाँ महिलालाई घरमा नै प्रसूति हुन बाध्यता रहेको थियो । घरमा नै परम्परागत रुपमा प्रसूति हुदाँ आमा र शिशुको ज्यान जोखिम बढी हुँदा महिलाहरु चिन्तित बन्दै आएका थिए । त्रिपुरासुन्दरी गाउँपालिकामा ५ ओटा स्वास्थ्य संस्थाहरु रहेका छन् । यो आर्थिक वर्ष वैशाख महिना सम्ममा मात्रै २ सय ३४ जना गर्भवती महिलाहरुले स्वास्थ्य संस्थामा आएर सुत्केरी गराएका छन् ।