
मदन भण्डारीको ६८ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा धादिङले शनिबार धादिङबेसिमा आयोजना गरेको राष्ट्रिय स्वाधिनता र मदन भण्डारी विषयक जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगितामा वाग्गेश्वरी माध्यमिक विद्यालय मलेखुका पुष्पा मैनाली प्रथम भएकि छिन् । त्यसैगरि सालबास मा.वि. का अनिश इटनी द्धितिय, महेन्द्रदोय मा.वि.मुलपानीका मनिषा अधिकारी तृतिय र वाग्गेश्वरी मा.वि.वैरेनीका नीकिता अधिकारी शान्त्वना भएको थियो । प्रथम, द्धितिय, तितृय र सन्त्वना हुने विजेताहरुलाइ क्रमश : नगद रु.१५ हजार, १० हजार, ५ हजार र ३ हजार सहित प्रमाण पत्रद्धारा सम्मान गरिएको थियो ।

जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगितामा जिल्लाका ३६ वटा सामुदायिक तथा निजि विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो । मदन भण्डारी फाउण्डेशन धादिङका अध्यक्ष उमेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा संघिय सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता रहेको थियो । साथै नेपाल कम्युनिष्ट पार्टी धादिङका अध्यक्ष एवं संघिय सांसद भुमि त्रिपाठिको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश सांसद डा.रामकुमार अधिकारी लगायत विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ता, शुभचिन्तक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेता लोहनीले जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगितामा सहभागी भई पुरस्कृत हुने तथा सहभागी विद्यार्थीहरुलाइ बधाई तथा शुभकामना दिनुहुदै सफल र उज्वल भविष्यको कामना गर्नुभयो । साथै उहाँले जननेता मदन भण्डारीले नेपाली समाज परिवर्तन र विकासको साथ–साथै नेपाली कम्युनिष्ट आन्दोलनलाइ उच्च स्थानमा पु¥याउन गरेको योगदानको प्रसंशा गर्नुभयो । जननेता मदन भण्डारीले अन्र्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका कमजोरीलाई समेत औँँल्याउँदैे माक्र्सवादको सिद्धान्तलाई सिर्जनात्मक ढङ्गले विकास र प्रयोग गर्नमा जोड दिनुएको बताउनुभयो ।

आजै मदन भण्डारीको ६८ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमि धादिङले जिल्ला अस्पताल धादिङबेसिमा उपचार गराइरहेका ३५ जना बिरामिहरुलाइ फलफुल वितरण गरेको थियो । फलफुल वितरण कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जग्गनाथ नेपाल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला, स्पोर्टस एकेडेमि धादिङका सचिव जित सिटौला लगाएतको उपस्थिति रहेको थियो । आज देशै भर मदन भण्डारी स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । २००९ सालमा जन्मेका नेता भण्डारीको २०५२ सालमा ४२ वर्षको उमेरमा रहस्यमय दासढुङगा दुर्घटनामा परि मृत्यु भएको थियो ।
