
साउन १०, धादिङ ।
ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालले समुदायमा जनसंवाद र सूचना दिने कुरामा प्रभावकारी भूमिका निर्वाह गरेको सरोकारवालाहरुले बताएका छन् । ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालले धादिङमा जिल्लामा गरिरहेको कामको सवालमा समाज कल्याण तथा परिषदले गरेको अनुगमन तथा मुल्याङ्कन कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । साथै भुकम्प पछिको पुननिर्माणमा अन्य संस्थाको तुलनामा ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालले शुसान र मानविय संवेदनाको क्षेत्रमा पनि महत्वपूर्ण काम गरेको बताएका छन् ।
गैरसरकारी संस्था महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष एवं प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालको हरेक कार्यक्रममा जनसहभागीता देखेर खुशी लागेको बताउनुभयो । नागरिकहरुको विश्वास जित्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमहरु निरन्तर चलिराख्नुपर्ने सुझाव दिनुभयो । ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालले शुसासनको क्षेत्रमा राम्रो काम गर्दै व्यक्ती देखि कर्मचारीहरुलाई जवाफदेही बन्न सिकाएको बताउनुभयो ।
मानविय संसाधन कम भएकाले अझै थप्न सके जिल्लाको सबै क्षेत्रलाई समेट्न सक्ने बताउनुभयो । कार्यक्रमका सहभागी निलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष होमनाथ रिजालले शुसानको बारेमा सिक्नकै लागि भएपनि ट्रान्सपरेन्सीको कार्यक्रममा नछुटाउने गरेको बताउनुभयो । ‘जिल्लामा शुसानको क्षेत्रमा ट्रान्सपरेन्सीले उदाहरणिय कार्य गर्न सफल भएको छ’, वडाअध्यक्ष रिजालले भन्नुभयो, ‘हामी जस्तो जनप्रतिनिधिहरुलाई जवाफदेही पनि बनाएको छ ।’

छलफल कार्यक्रममा ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालले गर्दै आएको कामहरुको विषयमा छलफल गरिएको थियो । छलफल कार्यक्रममा नागरिक समाजका पदाधिकारी, ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालका कर्मचारी, विद्यालयका प्रधानध्यापक, भुकम्प पिडित, विभिन्न संघ संस्थाका प्रतिनिधि, संञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । भुकम्प पछिको पुनिनिर्माण र पूर्नस्थापनामा सदाचार कार्यक्रम अन्र्तरगत सार्वजनिक सुनुवाई, छलफल, भुकम्प पिडितको गुनासोलाई सम्बन्धीत निकाय समक्ष पु¥याई समस्याको समाधान गर्ने लगायतका कार्यहरु गर्दै आएको ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालका जिल्ला अधिकृत सानुबाबु तिमिल्सीनाले जानकारी दिनुभयो ।