
साउन २१ ।
सिन्धुपाल्चोकको पाँच पोखरी थाङ्पाल गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र सञ्चालनमा रहेका सबै सामूदायिक विद्यालयको ५० मिटर वरपर चाउचाउ, चिजवल, विस्कुट, पानीपुरी, चटपटे लगायतका खानेकुरा विक्रिवितरण गर्न रोक लगाएको छ ।
यस्ता खानेकुराका कारण बालबालिका कुपोषण देखिने गरेकाले यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरञ्जन पाख्रिनले जानकारी दिनुभयो ।
गाउँपालिकाले निर्णय गरेर कसैलाई पनि निषेध गरिएका खानेकुरा किनबेच नगर्न नगराउन निर्देशन दिएको हो ।