भदौं २३, धादिङ ।
धादिङमा भरखरै मात्र सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जिल्लाका क्रियाशिल पत्रकारहरुसँग भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा प्रमुख जिल्ला अधिकारी आसमाान तामाङले समग्र धादिङ जिल्लाको विकासको लागि पत्रकारहरुसँग समन्वय गरेर जाने बताउनुभएको छ ।

सुचना आदन प्रदान लगायत हरेक कामको हिसावले जिल्ला प्रशासन कार्यलय र पत्रकार एक अर्काको परिपुरक सम्बन्ध रहेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । जिल्लाको समग्र अवस्थाको विषयमा जानकारी पत्रकारहरुसँग हुने भएकाले पनि सहकार्य र समन्वय गरेर जाने उहाँको भनाई थियो । धादिङ जिल्लाको शान्ती सुरक्षा र सुव्यवस्था कायम गर्नु आफ्नो पहिलो दायित्व र जिम्मेवारी रहेको बताउनुभयो । नेपाल प्रहरी, नेपाली सेना बाट सुचना संङ्कलन गरि त्यसकै आधारमा शान्ती सुव्यवस्था कायम गर्ने बताउनुभयो । विशेष गरि ६ ओटा विषयवस्तुलाई प्राथमिकतामा राखेर जिल्लाको कार्य सम्पादन गर्ने तामाङले स्पष्ट पार्नुभयो ।

६ ओटा विषयवस्तु मध्ये दोश्रोमा सेवा प्रवाहबाट सुशासन कायम गर्ने आफ्नो काम भएको बताउनुभयो । सुशानको विषय जटिल र गम्भीर विषय भएकाले पत्रकारको प्रत्येक पाईला पाईलामा सहयोग चाहिने उहाँले बताउनुभयो । जिल्ला प्रशासन, संघ प्रदेश, स्थानिय तह लगायत सार्वजनिक सेवा प्रवाहका विषयमा समग्र जिल्लाबाट प्रवाह हुने सेवाको प्रभावकारी र सुसान कायम गर्नु मेरो दोश्रो काम हो, प्रमुख जिल्ला अधिकारी तामाङले भन्नुभयो । यस्तै केन्द्र, प्रदेश र स्थानिय सरकार सँग समन्वय गरेर विपद संँग सम्बन्धीत काम गर्ने बताउनुभयो । दक्षिणि भेगमा लागू औषध गाँजा, अफिम लगायतका खेती हुने भएकाले सामाजिक रुपान्तरणको सुधारमा काम गर्नुपर्ने बताउनुभयो । जिल्लामा आदिवासी जनजातीहरुको बढि बसोबास र उनिहरुको धार्मीक, संस्कृतिको नाममा मदिरा प्रयोग हुने भएकाले समाज रुपान्तरणमा मदिरा बाधक भएकाले सुधार गर्दै लैजानुपर्ने बताउनुभयो ।

विकासका साझेदारीहरुसँग समन्वय र अनुगमन गर्दैसहजीकरण गर्ने बताउनुभयो । यस्तै आर्थिक अनुसासन र सदाचारीक गरि ६ ओटा विषयवस्तुमा रहेर काम गर्दै सबै क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुआब्जा वितरण, वित्तिय संस्थाको अनुगमन, धादिङवेशीं बजारको व्यवस्थापन, मेडिकल, जिल्ला अस्पताल, सडकमा राखिएका होर्डिङ बोर्ड, राजमार्गमा हुने दुर्घटना यसको न्यूनिकरण, र राजमार्गका होटलहरुको अनुगमन लगायतका क्षेत्रमा अनुगमन गर्ने बताउनुभयो । धादिङमा गिटि बालुवाको जटिल विषय भएकाले त्यसको नियमनमा ध्यान दिने बताउनुभयो । साथै कार्यक्रममा उपस्थित पत्रकारहरुले सुचना आदन प्रदान र समग्र विकासको काममा सँगै समन्वय गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै जिल्लाको जल्दोवल्दो समस्याहरुको विषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए ।

भिडियो हेर्नुहोस् :-

Facebook Comments