भदौं २५, धादिङ ।
धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको सल्यान्टार स्थित रानीपौवामा भदौं २२ गतेदेखि सुरु भएको “यमाहा मेगा एक्सचेञ्ज मिनि मेला” विहिबार सकिएको छ । ३ दिन सम्म चलेको मेलामा नयाँ बाईक विक्रि १२ ओटा र ३८ ओटा यामाहाको नयाँ बाईकसँग एक्सचेञ्ज गरि ५० ओटा बाईक विक्रि गरिएको धादिङका लागि यमाहाको आधिकारीक विक्रेता मण्डली वर्कसप धादिङका प्रवन्ध निर्देशक चन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मेलाको ६ सय भन्दा धेरै दर्शकले अवलोकन गरेको श्रेष्ठले बताउनुभयो ।

मेलामा यामाहाको हालै मात्र लन्च भएको एमटी १५ र आर १५ भिथ्री मोटोजीपी एडिसनमा युवा ग्राहकहरुको रुचि बढि देखिएको छ । त्यसैगरी एफजेड भी३ पनि निकै नै रुचाइएको छ । एक्सचेञ्ज अफरमा ग्राहकहरुको उत्साहित सहभागीताले पनि मेला भव्य भएको श्रेष्ठको भनाई छ ।

यस्तै मोटरसाईकल पारखीहरुको लोकप्रिय ब्राण्ड यामाहाले दँशैको अवसरमा यामाहाको कुनै पनी मोटरसाइकल तथा स्कुटर नगद वा फाइनान्स खरिदमा Scratch Card मार्फत नगद रु. ७००० देखि रु. १ लाख सम्म छुट र हरेक दिन लक्की ड्र बाट १ जनालाइ नगद रु. १ लाख प्रदान गरिने छ । साथै यामाहा स्वरुम भिजिट गर्ने उपभोक्तालाई लक्की ड्र मार्फत आईफोन याक्स Iphone­X प्रदान गरिने श्रेष्ठले बताउनुभयो ।

धादिङको पहाडी भू–भागमा अति रुचाइएको ब्राण्ड यमाहा भएकाले सल्यान्टारलाई लक्षित गरि एक्सचेञ्ज मेला आयोजना गरिएको श्रेष्ठको भनाई छ । यमाहा ब्राण्डको सबै पार्ट्स सजिलै पाईने, यमाहाको सर्भिस पनि राम्रो भएकाले यमाहा बाईक चढ्ने गरेको बाईक एक्सचेञ्ज मेलामा आएका अधिकांस उपभोक्ताहरुले बताएका छन् ।

फोटो हेर्नुहोस् :-

 

Facebook Comments