असोज ५, धादिङ ।

एलआईसी (LIC) लाईफ ईन्स्योरेन्स नेपाल धादिङ शाखाले उत्कृष्ट काम गर्ने अभिकर्ताहरुलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा धेरै ईन्स्योरेन्स गराउन सफल ५ जना अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

आज एक कार्यक्रमका विच ईन्स्यारेन्स कै कार्यलयमा सम्मान गरेको एलआईसी लाईफ ईन्स्योरेन्स नेपाल धादिङ शाखाका प्रबन्धक नारायण चापागाँईले जानकारी दिनुभयो । ५ जनाले आर्थिक वर्ष २०७५/०७६ मा एक करोड बराबरको प्रिमियम कलेक्सन गरेकाले कम्पनीले विभिन्न उपहार सहित प्रमाण पत्रद्वारा सम्मान गरिएकोे शाखा प्रबन्धक चाँपागाईले बताउनुभयो ।

नेपालमै उच्च वोनसदर प्रदान गरिरहेको एलआईसी लाईफ इन्स्योरेन्स कम्पनीको जीवन आनन्द विमा, जीवन तरंग, वाल सावाधिक लगायतका योजनाहरु रहेका छन् ।

Facebook Comments