असोज ९, धादिङ ।
धादिङ जिल्लालाई पूर्ण सरसफाई जिल्ला घोषणा गर्ने उद्देश्य सहित २ दिन देखि संञ्चालित गाउँपालिका स्तरिय रणनितिक योजना तर्जुमा कार्यशाला गोष्ठी आज सकिएको छ । जिल्लाको रुवीभ्याली र गंगाजमुना गाउपालिकाको लागि पुर्ण सरसफाई सम्बन्धि अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको हो । जिल्ला समन्वय समिति धादिङको आयोजना, रुवीभ्याली र गंगाजमुना गाउँपालिकाको सह—आयोजना र शान्ती नेपालको सहयोगमा गोष्ठीको आयोजना गरिएको हो ।

“सबैको लागी, संधैको लागी सरसफाई” भन्ने मुल नाराका साथ नेपाल सरकारले दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म पुर्ण सरसफाई उन्मूख देश बनाउने लक्ष्य राखेको छ । सोही लक्ष्य प्राप्तीको लागी आयोजीत गोष्ठीमा सरसफाईको महत्व, सरसफाई गुरु योजना, पुर्ण सरसफाईका सूचकह।, सफा र स्वच्छ गाउँ बनाउन स्थानिय सरकारको जिम्मेवारी लगायतका विषयमा छलफल गरिएको थियो । गोष्ठीमा शान्ती नेपालका कार्यकारी निर्देशक एवं सरसफाई विध डा. कृष्णमान शाक्यले सहजीकरण गर्नुभएको शान्ति नेपालका सुरेश सिग्देलले जानकारी दिनुभयो । जिल्ला समन्वय समिती धादिङका प्रमुख एबं कार्यक्रमका प्रमुख अतिथी जगन्नाथ नेपालले ब्यानर खोलेर उद्घाटन गरिएको गोष्ठीमा २ वटा गाउपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य संयोजक, स्वास्थ्य चौकी प्रतिनीधी, कार्यपालिका सदस्य, सबै वडाको वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमकै अवसरमा वडा अध्यक्ष तथा प्रतिनिधिहरुले वडाको पूर्ण सरुफाईको सुचकहरुमाआधारीत प्रारम्भिक सर्बेक्षण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा चर्पीको समुचित प्रयोग ६१ प्रतिशत भएको, सुरक्षित खानेपानीको पहुच ४२ प्रतिशतमा पुगेको, २१ प्रतिशत घर तथा घर वरपरको सरसफाई भएको, ४ प्रतिशतमा सुधारीएको चुलो प्रयोग भएको, ११ प्रतिशतमा स्वच्छखानाको पहुँचभएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका अध्यक्ष एवं गंगाजमुना गाउँपालिकका अध्यक्ष बलबहादुर अधिकारीले सरसफाईको महत्व र सरसफाईमा नेपाल सरकारको लक्ष्य बुझेपछि सरसफाईको कार्यमा अपनत्व महसुस भएको बताउनुभयो ।

“हामी कुहिरोमा हराएको काग जस्तो थियौ अबहामी छर्लङ भयौ ”– अध्यक्ष अधिकारीले भन्नुभयो, गाउपालिकालाई हाम्रै अगुवाईमा पुर्ण सरसफाई उन्मुख क्षेत्र बनाउछौ सहयोग गर्ने संस्था शान्ति नेपाललाई धेरै धेरै धन्यवाद ।  यस्तै अध्यक्ष अधिकारीले सन् २०२२ सम्ममा गाउँपालिकालाई सफा र स्वच्छ गाउँपालिका बनाउने, र सन् २०२५ सम्ममा पूर्ण सरसफाई उन्मुख गाउँपालिका घोषणा गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै रुविभ्यालीगाउँपालिकाका वडा अध्यक्षहरु पेम्वा घले, कामीलाल तामाङ, नरमान गुरुङ र गमान तामाङले पनि सन् २०२१ सम्ममा सफा र स्वच्छ गाउँपालिका र सन् २०२५ सम्ममा पूर्ण सरसफाई उन्मुख गाउँपालिका घोषणा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । यस अघि ज्वालामूखी र सिद्धलेक गाउँपालिकाले पूर्ण सरसफाई रणनीतिक योजना बनाउनमा शान्ती नेपालले सहजिकरण गरेको थियो ।

 

फोटो हेर्नुहोस् :-

Facebook Comments