असोज १०, धादिङ ।

सडक जामका कारण एकजना विरामीको बाटो मै मृत्यु भएको छ । रौतहट बाट उपचारका लागि काठमाडौ जादै गरेका दुवै मृगौला फेल भएका ३५ वर्षिय रूपलाल शाहको रात भरको सडक जामको कारण धादिङको थाक्रे ६ महादेबबेशी स्थीत पृथ्वी राजमार्गमा बस भित्रै अकालमा मृत्यु गएको प्रहरीले जानकारी दिएको छ ।

गरिव परिवार भएका कारण एम्बुलेन्समा आउन नसके पछि बसमा यात्रा गर्दै आउनु भएका शाहको जाममा सब भित्र मृत्यु भएको हो । केही दिन देखि नौविसे नागढुङगा सडक खण्डमा सवारी जाम धादिङ तर्फ २२ किलोमिटर सम्म हुने गरेको छ । राजमार्ग अस्तब्यस्त हुदा समेत सम्बन्धित निकाय मुख दर्सक बनेर बसेका छन । गरिव र बिपन्न हरुको स्वास्थ्य उपचार र बाच्न पाउने अधिकारको सुरक्षा हुनु पर्ने यात्रा गर्ने यात्रुहरू बताएका छन ।

Facebook Comments