
असोज ११, धादिङ ।
धादिङवेशीं-सल्यान्टार-आरुघाट सडक खण्ड अन्र्तरगत निलकण्ठ नगरपालिका वडा नम्बर ९ पौवा खाल्टामा आज विहान ट्रयाक्टर दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । भने १ जनाको अवस्था गम्भीर रहेको छ।
ना ६ २७८० नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।घाईतेहरु सबै लामा कन्ट्रक्सन अन्तरगत, नव कान्तिपुर निर्माण सेवाका सडकमा काम गर्ने मजदुरहरु रहेको छ ।
घाईतेहरुलाई एम्वुलेन्सबाट जिल्ला अस्पताल धादिङ ल्याईदै गरेको निलकण्ठ ९ का वडा अध्यक्ष भोजबहादुर रेग्मीले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।