
असोज ११, धादिङ ।
धादिङवेशीं–सल्यान्टार–आरुघाट सडक खण्ड अन्र्तरगत निलकण्ठ नगरपालिका वडा नम्बर ९ पौवा खाल्टामा आज विहान ट्रयाक्टर दुर्घटना हुँदा १० जना घाईते भएका छन् । भने ३ जनाको अवस्था गम्भीर रहेको छ । ना ६ त २७८० नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । घाईतेहरु सबै लामा कन्ट्रक्सन अन्र्तरगत, नव कान्तिपुर निर्माण सेवाका सडकमा काम गर्ने मजदुरहरु रहको निलकण्ठ ९ का वडा अध्यक्ष भोजबहादुर रेग्मीले जानकारी दिनुभयो ।
गम्भीर घाइते हुनेहरुमा जाजरकोट जिल्ला देडागाढ नगरपालिकाका कर्ण बहादुर चदरा, जय बहादुर चदरा र कृष्ण बहादुर राउत रहेका छन् । गम्भीर घाईते २ जनालाई चितवन मेडिकल कलेज भरतपुर पठाईएको छ । अन्य घाइतेहरुमा हरि बहादुर शाही, कर्ण बहादुर शाही, तेज बहादुर राउत, मेन बहादुर शाही, पूर्ण बहादुर डाँगी लगायतका रहेका छन् । ट्रयाक्टर चालक बर्दियाका सञ्जय चौधरी रहेका छन् । घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।