असोज १४, धादिङ ।
वडा दशैं, शुभदिपावली र छठ पर्वको अवसरमा सुरक्षा सम्बन्धी संचारकर्मीहरुसंग अन्तरक्रिया गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा अन्र्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्लामा क्रियाशिल संञ्चारकर्मीहरुको सहभागीता रहेको अन्र्तरक्रिया तथा छलफल कार्यक्रममा चाडपर्वको समयमा हुन सक्ने घटनाहरुको सम्बन्धमा चाडपर्व लक्षित बिशेष सुरक्षा योजनाको विषयमा छलफल गरिएको थियो जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको प्रमुख आतिथ्य रहेको थियो ।

यस्तै चाडपर्वको समयमा हुने सरकारी कार्यालयहरुको सुरक्षामा हुन सक्ने सम्भावित खतरा र सुझाव सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

चाडपर्वको समयमा सरकारी कार्यालयहरुको सुरक्षामा हुन सक्ने सम्भावित खतरा र सुझाव सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको हो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा‚ सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा‚ प्रहरी उपरीक्षक राजकुमार बैदवार‚ सुरक्षा निकायका प्रमुखहरु‚ जिल्ला सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधीहरु तथा संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments