तस्विर : गुगल

कात्तिक ६, धादिङ ।
धादिङवेशीं–भ¥याङभुरु–सेम्जोङ सडक खण्ड दिनको २ घण्टा बन्द हुने भएको छ ।

कात्तिकको ३ गतेदेखि हरेक दिन विहान ९ बजेदेखी देखी १० बजेसम्म र दिउँसो ३ देखी ४ बजेको समयमा सडक बन्द हुने राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वनयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार धादिङले जनाएको छ । उक्त सडक खण्डको ग्रावेल गर्ने काम भईरहेको र व्यस्त ट्राफिकका कारण निर्माण कार्यमा वाधा उत्पन्न भएकोले कात्तिक ३ गतेदेखी अर्काे सुचना प्रकाशित नभईञ्जेल सम्म सवारी आवागमन बन्द हुने जनाएको छ ।

नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरणको लगानीमा आयोजना कार्यन्वय ईकाई धादिङ अन्र्तगरत ग्रावेलको काम भईरहेको छ । सडक बन्द हुँदा सर्वसाधरणमा पर्न जाने असुविधा प्रति सडक विभागले माफी माग्दै सडक निर्माणमा सहयोग गर्न नागरिकहरुसँग आग्रह गरेको छ ।

Facebook Comments