कात्तिक ९, धादिङ ।
पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा मिनि ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पार्किङ गरेको स्थानबाट मुल सडकमा निकाल्ने क्रममा ना २ ख ५३४२ नम्बरको मिनि ट्रकले सडक पेटिमा बसिरहेका सल्यान जिल्लाको लुहाम गाउँपालिका बस्ने अन्दाजी ५० बर्षका जित बहादुर के.सीको मृत्यु भएको हो ।
ट्रकको ठक्करपछि घाईते भएका केसीलाई उपचारको लागि गजुरी अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र ट्रक चालक बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षिय सन्तोष चेपाङ ईलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा रहेको छ ।
यस्तै त्रिभुवनराजपथ अन्र्तरगत धादिङको धुनीबेसी नगरपालिका वडा नं.९ टायल घरमा ट्रक र मोटरसाईकल ठोक्कीदा एक जना गम्भिर घाईते भएका छन् । आज बिहान १० बजे काठमाण्डौ बाट गोरखा तर्फ जाँदै गरेको ना ६२ प २०१३ नम्बरको मोटरसाइकले चितवन तर्फ जाँदै गरेको ना ७ ख ९३०६ नम्बरको ट्रकको बायाँ बाट ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर गोरखा पालुङटार नगरपालिका धुवाँकोट घर भएका नारायण दल गण बाट अबकास प्राप्त ५५ वर्षीय हरि प्रसाद मल्ल नेवार घाईते जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
घाईते नेवारको शिक्षण अस्पताल काठमाण्डौंमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक चालक चितवन रत्ननगर नगरपालिकाको बर्ष ४० का कृष्ण बहादुर श्रेष्ठ र ट्रक ईलाका प्रहरी कार्यालय खानिखोलाको नियन्त्रणमा रहेको छ ।