तस्विर : विवेक धरेल

कात्तिक २६,काठमाण्डौं ।
भारतले एकसाता अगाडी नेपालको लिपुलेक, कालापानी, लिम्पीयाधुरा लगायतका नेपाली भूमी समेतलाई समेटी राजनितिक नक्सा सार्वजनिक गरेको थियो । सो नक्सालाई लिएर अहिले नेपालभर सर्वत्र विरोध भईरहेको छ । आज पनि नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष सागर परियारको नेतृत्वमा भुमी हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै भारतीय राजदुतावास अगाडी १ घण्टा धर्ना दिएका छन् । विरोध प्रर्दशनमा सहभागीहरले नेपाली भुमि फिर्ता गर्न माग गर्दै सरकारले छिटोभन्दा छिटो कुटनितिक तथा राजनितक तवरबाट पहल गर्नुपर्ने बताएका थिए । तर प्रधानमन्त्री यस विषयमा मौन भएको भन्दै प्रधानमन्त्री ओलीको पनि आलोचना गरेका थिए ।

पहिलेदेखिको भारतीयहरुको हेपाह प्रवित्तिको चर्काे विरोध गर्दै अब नेपाली जनताले आफ्नो मातृभुमी रक्षाको लागि जस्तोसुकै परिस्थितीको पनि सामना गर्ने भन्दै सहभागीहरुले नाराबाजी गरेका थिए । नेपालको भूमि एक इन्च पनि मिच्न नदिने, र अरुको पनि एक ईन्च भुमी नमिच्ने भन्दै राष्ट्रियताको मुद्धामा सबै एकै ठाउँमा उभिनुपर्ने आन्दोलनमा सहभागी विद्यार्थी नेता विवेक धरलले बताउनुभयो ।

धर्नामा रहेका विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक र कालापानी हाम्रै हो’, ‘नेपालको भूमि मिच्न दिँदैनौँ’, ‘भारतीय विस्तारबाद मूर्दावाद’ लगायतका नारा लगाएका थिए ।

Facebook Comments