कात्तिक २९, धादिङ । 
जिल्ला प्रहरी कार्यलय धादिङले धुनिबेशी नगरपालिका वडा नंम्बर ५ पुरन्डीबाट चोरीको स्कूटर विक्रि वितरण गरिरहेका ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौं महानगरपालिका वडा नम्बर १२ बस्ने १५ वर्षिय रोहन महर्जन, जुम्लाको आचार्यबाडा गाउँपालिका वडा नम्बर १५ घर भई हाल काठमाण्डौं टेकु बस्ने २१ वर्षिय रमेश शाही, काठमाण्डौंकै खसीबजार बस्ने १५ वर्षिय सबिन शाक्य, धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ बस्ने ४० वर्षिय कुमार रेग्मी रहेका छन् ।

चोरीको स्कुटर बेचबिखन भईरहेको भन्ने गोप्य सुचनानाका आधारमा ईलाका प्रहरी कार्यालय खानीखोलाबाट गएको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट होण्डा कम्पनीको कालो रङको बा. ५१ प. ९१०६ नम्बरको स्कुटर, बा ८२ प ६०७१ नम्बर भएको रातो रङको स्कुटर, बा ६७ प ५८८९ नम्बरको कलेजी रङको र कालो रङको बा ५५ प २०८४ नम्बरको स्कुटर सहित प्रहरीले बरामद गरेको छ । चारीको स्कूटरहरु धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ बस्ने ४० वर्षिय कुमार रेग्मीले खरिद गरेका थिए ।

जिल्ला प्रहरी कार्यलय धादिङले चारै जनालाई आज पत्रकार सम्मलेन गरि सार्वजनिक गरेको हो । उनिहरुलाई धादिङ जिल्ला अदालतबाट म्याद थप गरी चोरी मुद्दामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारीदिनुभयो ।

Facebook Comments