
कार्तिक ३० ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई बर्खास्त गरेको छ ।
विश्वकप छनोट अन्तर्गत कुवेतसँग खेल्ने टिममा रहेका फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई एन्फाले कारबाही गर्दै बर्खास्त गरेको हो । राष्ट्रिय टिमका चार खेलाडी हिजो राति ठमेलस्थित एक बारमा गएको भेटिएपछि एन्फाले उनीहरुलाई कारबाही गरेको हो ।
कारबाहीमा परेका विमल सहित चार खेलाडीले कुवेतविरुद्धको खेल खेल्नबाट पनि बञ्चित भएका छन् । बर्खास्त भएका चारै जना खेलाडीको स्थानमा ४ नयाँ खेलाडीले स्थान बनाएका छन् ।