कार्तिक ३०, धादिङ ।
जिल्ला होटल संघ धादिङले आयोजना गर्ने भनिएको धादिङ पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ तोकिएकै मितिमा हुने जिल्ला होटल संघ धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभएको छ । महोत्सव स्थगित भएको भन्ने हल्ला मात्र भएको अध्यक्ष श्रेष्ठले पुष्टी गर्नुभयो । केही दिन प्राविधिक कारणवस प्रचार प्रसारको काम मात्र स्थगीत भएको श्रेष्ठले बताउनुभयो ।

जिल्ला होटल संघ धादिङले यहि मंसिर १३ गतेदेखि २३ गतेसम्म धादिङवेशीं स्थित रायटारमा धादिङ पर्यटन महोत्सव तथा व्यापार मेलाको आयोजना गर्दैछ । गतवर्ष आयोजना गरेको महोत्सवको आम्दानीले धादिङमा शव वहान खरिद गर्ने घोषणा गरेको थियो । तर घोषण गरे अनुरुप आयोजकले शव वहान खरिद नगरेको र सार्वजनिक सुनुवाई समेत नगरेको भन्दै प्रहरीमा समेत उजुरी परेको थियो ।

यता धादिङ उद्योग वाणिज्य संघले पौष २६ गतेदेखी आयोजना गर्ने छैटौं धादिङ महोत्सवको प्रचार प्रसारलाई पनि तिव्र पारिएको छ । एक महिनाको अन्तरालमै जिल्लामा २ ओटा महोत्सवको आयोजना गरिएको भन्दै आयोजकहरु विवादमा मुछिएका छन् । धादिङ महोत्सव भनिएपनि धादिङको चिनारीको रुपमा रहेको कुनै पनि सामाग्री प्रर्दशनीमा नरखाएिको भन्दै आयोजक विवादमा आउने गरेको छ ।

Facebook Comments