कात्र्तिक ३०, धादिङ ।
आज दिउँसो त्रिशुली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् ।
गजुरी गाउँपालिका वडा नं.२ चम्बास स्थित त्रिशुली नदिमा पौडी खेल्न गएका भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ५ बस्ने ३८ वर्षिय बिकल श्रेष्ठ त्रिशुली नदीमा वेपत्ता भएका हुन् । वेपत्ता श्रेष्ठको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल‚ आफन्त तथा स्थानिय व्यक्तिहरुद्वारा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।