
मंसिर ७, धादिङ ।
नेकपा धादिङका संस्थापक नेता एवं जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाललाई कुटपिट गरेको विषयलाई लिएर आज नेकपा धादिङले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
मंसिर ६ गते समन्वय समितिको प्राङ्गणमा सामान्य कुराकानी हुँदाहुँदै कार्यलय हाता भित्र रहेको आफ्नै निवासमा शौचालय गएको मौका पारी निलकण्ठ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गणेश गुरुङ सँगै आएका भोजबहादुर गुरुङले हातपात गरेका थिए ।
आज एक प्रेस विज्ञप्ती जारी गरि दोषी उपर हदैसम्मको कारवाहीको माग गर्दै नेकपा निकलण्ठ नगरकमिटिका सदस्य समेत रहेका गुरुङको यस्तो अराजक कार्यको नेकपा धादिङले घोर भत्सना पनि गरेको छ । संस्थापक नेता एवं जिल्ला समन्वय समितिका प्रमुख नेपाललाई अमर्यादित व्यवहार सहित हातपात समेत गरेको घटनाप्रति नेकपा धादिङको गम्भीर ध्यानकर्षण भएको र नागरिकहरुको शान्तीपूर्ण तथा सम्मानीत रुपमा बाच्न पाउने अधिकारको सुनिश्चतता दिलाउनुपर्ने दायित्व बोकेको पार्टीको कार्यकर्ताबाट आफ्नै नेतामाथी गरिएको यस्तो हर्कतलाई वडा अध्यक्ष गणेश गुरुङ र हातपात गर्ने भोजबहादुर गुरुङलाई पार्टी अनुसासनको विषय समेत बनाईएको छ नेकपा धादिङका अध्यक्ष नेत्रराज पौडेल र सचिव विजय वुर्लाकोटीले संयुक्त रुपमा गरिएको हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
पार्टीको प्रभाव, एकता र जनपक्षिय कामहरुबाट अत्तालिएकाहरुले नेकपाको एकतालाई कमजोर बनाउन खेलिरहेको भूमिका प्रति सचेत रहँदै स्थानिय तहमा हुने कुनैपनि छलफल तथा अन्र्तरक्रियालाई सहमतीबाट समाधान गर्न र अराजक किसिमका गतिविधिलाई अन्त्य गर्न समेत विञप्ती मार्फत कार्यकर्ताहरुमा अुरोध गरिएको छ ।
यस्तै राष्ट्रिय यूवा संघ नेपाल धादिङले पनि घटनाको घोर भत्र्सना गर्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेको छ । आज कारवाहीको माग गर्दै एक पत्र जारी गरि अपराधिक गतिविधिमा संलग्न वडा नम्बर १ का वडा अध्यक्ष गणेश गुरुङ र भोजबहादुर गुरुङलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कानुनी दायरामा ल्याई हदै सम्मको कारवाहीको लागि माग गर्दछौं संयोजक दिपक खतिवडा र सहसंयोजक राजाराम रिजालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
यदि पार्टीको जिल्ला नेतृत्व तहबाट दोषी उपर छिटो भन्दा छिटो कारवाही प्रक्रिया अघि नबढाएमा राष्ट्रिय यूवा संघ नेपाल धादिङले आफ्नो तर्फबाट आवश्यक कारवाही अघि बढाउने समेत पत्रमा भनिएको छ ।